जुम्ला : जुम्लामा जारी कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा हुम्ला र जुम्ला पुगेका छन ।जुम्ला र सुर्खेत बीचको पहिलो खेलमा पेनाल्टी सुटआउटमा सुर्खेतलाई हराउदैँ जुम्ला फाईनलमा पुगेको हो ।
निर्धारित समयमा १÷१ गोल बराबरी भएपछि पनाल्टी सुटआउटमा ५ का विरुद्ध ६ गोल गर्दै जुम्ला फाईनलमा पुगेको आयोजक जिल्ला फुटबल संघले जनाएको छ ।बलियो टिम मानिदै आएको सुर्खेतलाई पेनाल्टी सुटआउटमा हराउदै जुम्लाले फाइनल यात्रा तय गरेको छ ।
त्यस्तै कालिकोटलाई हराउदै हुम्लाले पनी फाइनलमा आफ्नो स्थान पक्का गरेको छ । हुम्लाले अघिल्लो खेल बुधबार जाजरकोटलाई हराएको थियो । भने फाइनल खेल्नको लागी कालिकोट संग बिहेबार फेरी भिडेको हो ।
हुम्लाले कलिकोटलाई दुई गोल गरेको थियो । भने कालिकोटले एक गोल मात्रै फार्काउदै हार ब्यहोरेको छ । शुक्रबार हुने फाइनल खेलमा दुबै हिमाली जिल्ला हुम्ला– जुम्ला भिडने भएका छन । यो खले खेल रोचक हुने अनुमान गरिएको छ।
जुम्लालाई हराउदै इतिहास रच्ने हुम्लाको दाउमा रहेको देखिन्छ भने यता घरेलु मैदानमा रहेको जुम्ला आफु उपाधी रक्षा गर्ने पक्षमा रहेको छ ।