एकछिन खेलाउँछु भन्दै अर्काको शिशु चोरेर महिला भागिन्

काठमाडौँ : काठमाडौँको थापथलीबाट एक छिन खेलाउने बहानामा शिशु चोरेको भन्दै प्रहरीमा उजुरी परेको छ।

एक महिलाले आफ्नो नवजात शिशु चोरी भएको भन्दै प्रहरीमा मौखिम उजुरी दिएको र अहिले घटनाको अनुसन्धान र खोजतलास जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने, ‘शिशु चोरी भयो भनेर एक महिलाले थापाथलीस्थित प्रहरी बिटमा मौखिम उजुरी दिनुभएको छ, अनुसन्धान गर्दा शिशु हराएको पुष्टी भएको छ, त्यसैले खोजतलासका लागि टोली परिचालन भइसकेको छ।’

अन्य कुराहरु भने अनुसन्धान पछि मात्रै खुल्ने पनि उनले बताए। प्राप्त जानकारी अनुसार शिशु थापाथलीस्थित प्रसुति गृहको पार्किङ क्षेत्रबाट हराएको हो।

अस्पतालमा उपचारका लागि आएकी एक महिलासँग केही कुराकानी गरेपछि अर्की महिलाले शिशु खेलाउने भन्दै काखम लिएको र केही बेरमा शिशुसहित उनी गायब भएकी बताइएको छ।

सिसी टिभी फुटेजमा बच्चा लगेर एक महिला बाहिरिएको देखिएको पनि प्रहरीले जनाएको छ। थाहाखबर बाट सभार

सम्बन्धित समाचार