महिला माथी हुने हिंसा न्युनिकरण गर्न छोरी बुहारी कार्यक्रम ।
नेपाल एक पुरुष प्रधान मुलुक भएकै कारणले अझैपनि छोराछोरी बीचको विभेद अन्त्यहुन सकेका्े छैन त्यस मध्यबाट पनि अझै कहंली लाग्दो संस्कार यो छकी छोरी र बुहारीमा हुने बिभेद अनगन्ती छन । सरकारले छोराछोरी लाई स्वास्थ्य, शिक्षा, तथा विभिन्न अबसर सम्मान तरिकाले दिने नीति भने ल्याएको छ । छोरीलाइपनि छोरा सम्मनको अंसपाउने ब्यवस्था गरेको छ ।यस्ता खालका बिभेद अन्तगर्नका लागी सामाजिक बिकास कार्यालय जुम्लाले पनि छोरी बेहारी मुलप्रवाहीकरण कार्यक्रम संञ्चालन गर्दै आएको छ । जुम्ला जिल्लाका महिलमाले भोग्दै आएका हिंसा कम गर्नका लागी छोरी बुहारी कार्यक्रम संञ्चालन गरिएको हो । महिलाका हक अधिकारको लागी भएको कानुनी ब्यवस्था, महिलाले भोग्दै आएका समस्या ,र उनिहरुको तेतृत्व बिकासका लागी गरिएका प्रयासका बारेमा प्रशिक्षण दिइएको छ । पछिल्लो समयमा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको समाजिक बिकास कार्यालय जुम्ला र किडाक नेपाल जुम्ला लागयताका सरकारी तथा गैरसरकारी सस्थाले उनिहरुको क्षामता अबिृद्धी र नेतृत्वको बिकासका लागी संचेतनाका क्रियाकलाप संञ्चालन गर्दै आएका छन ।
महिला आर्थिक रुपमा सक्रिय हुन आश्यक छ ः सामाजिक बिकास अधिकृत सुनार

जुम्लाका महिला अझै पनि चुलो चौकोमा सिमित छन । महिला बच्चा जन्माउने मेसिन मात्रै होइनन , श्रीष्टीकर्ता हुन भन्दै अब आर्थिक रुपमा सक्रिय बन्न आबश्यक रहको सामाजिक बिकास कार्यालय जुम्लाका सामाजिक अधिकृत वलविर सुनारले बताए । उनले भने महिलाले आफूमाथि भएको हिंसामुक्त गर्न आर्थिक अभियानमा सक्रिय बन्नुपर्छ। उनले थपे जव सम्म सम्पती र आर्थिक रुपमा पुर्ण हुदैनन महिला ,तब सम्म महिलालाई नेतृत्व तहमा पुग्न सम्भव छैन । उनले भने महिलालाइ आधा आकाश, धर्तीमाता , श्रिष्टीकर्ता शाहसी लगायतका थुप्रै तरिका बाट परिभाषित गरिन्छ । तर उनिहरुका लागी राज्यमा भएका हक अधिकार कागजमै सिमित छन । उनले भने महिला सबै भन्दा बढी कृर्षि पेसामा छन । तर उनिले आफैले उत्पादन गरको बस्तु पनि बेच्चे आँट गर्दैनन , श्रीमानको अनुमती माग्छन, । यसकारणले उनिहरुका लागी राज्यले गरेको कानुनी ब्यवस्था, तथा हक अधिकर कागजमै सितिम भयो ।उनले भने, ’महिला हिंसा न्यूनीकरण गर्न र उनीहरूलाई आय(आर्जनका क्षेत्रमा सक्षम बनाउका लागि छोरी बुहारी कार्यक्रम लागु गरेका छौ आगामी दिनमा यस्ता खालका कार्यक्रम संञ्चालन गरी जुम्लाका सबै तहका महिलाको क्षामता अभिबृद्धी गर्ने तयारी छ ।
एक दिनमा १८ घण्टा काम गर्ने महिलाको कामको मुल्य हुदैनन

महिलाले दिनभरि १८ घण्टा काम गर्दै आएका छन,। तर उनिहरुले गरेको कामको कुनै मुल्य हुदैन । यदिमात्रै कँहा होर जुम्लाका महिलाले सम्मान कामको सम्मान ज्याला पनि पाउदैनन ्। जुम्ला संञ्चालन भएका बिकास निमाणमा काम गर्दै गरेकी उत्थुचौताराकी एक महिलाले भनिन, हामीले जतीकाम गरेपनि पुरुष सम्मानको ज्याला पाउदैनन , चाँहिना भनेर बिरोध गरौ भनेपनि एक्लै बताउछन । हामी महिला त्यहिकारणले बिरोध गर्न पनि सक्दैनौ । दिनभर नदीको ढुंगा बोक्ने महिला मात्र हुन्छन पुरुष हुदैनन ्। ’एकै काममा लागेका पुरुष र महिलाको श्रमिक रकम फरक हुँदा मन जल्ने गरेको छ ,उनले भनिन ’ तर समाजमा पहिलेदेखि नै पुरुष र महिला बीच थुप्रै खालका विभेद चलि आएको छ । ’महिलाको लागि अधिकार आएको छ भन्ने कुरा विभिन्न संञ्चार माध्यमबाट सुनिन्छ, अनि बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पनि प्रशिक्षण दिन्छन तर कार्यन्वय किन गरिँदैनन ।, तिलागाउपालिका ४ की रत्नसरी सुनारले भनिन ,। उनले अझैपनि ’महिलाको दिनचर्या चुलोचौकोमै बितेको छ। अहिले आएको स्थानीय सरकारले पनि डोको नाम्लो छुट्टाएको छैन। सबैको भाषण सुनिन्छ कार्यन्वयन हुँदैन।’ दैनिक रूपमा मजदुरी गरेर छाँकटार्ने जुम्ला जिल्लाका महिलाले समान ज्याला नपाउँदा उनीहरूको दैनिक अहिलेसम्म पनि फेरिएको छैन। यस्ता विभेद स्थानीय सरकारले थाहा पाए पनि उनीहरूले महिलालाई समान अधिकार दिन नचाहेको अर्की महिला निस्ता शाही बताउ छिन । उनले भनिन ’जति अधिकार आए पनि कागजी रूपमा मात्र सीमित छन्।’ यता किडाक नेपाल जुम्लाका कार्यक्रम अफिसर नरबहादुर शाहीले भने अब महिला चुलो चौकोमा सिमति हुनु दैन भन्दै, हामीले उनिहरुका लागी थुप्रै आयआर्जन र क्षामता अभिबृद्धीका कार्यक्रम ल्याएको बताए । उनले भने महिला आफैले पनि सरकारले ब्यवस्था गरेको हकअधिकार प्रयोगमा ल्याउनु पर्छ ,।
महिलाको नेतृत्व बिकासमा गहिरो खाडल ।

हाम्रो पुरुषप्रधान समाजमा जब नेतृत्वको कुरा आउँछ,तब पुरुष नै अघि सर्ने गर्दछन कारण वर्षाैंदेखि थिचोमिचोमा राख्ने बानीपरिसकेको यो समाजले महिला नेतृत्व पचाउँदैन् । पुरुषले आफ्नो उत्तराधिकारी पुरुषै देख्न चाहान्छ । जब सम्म महिलालाई आर्थिक ,राजनितिक , शैक्षिक ,सामाजिक रोजगारी, सरसफाइर जस्ता कार्यहरुमा सम्मन ब्यवाहार हुर्दैन तब सम्म महिला पुरुष बिचको खाडल पुरिने सम्भावना छैन । जुम्ला जिल्लाका अगुवा युवा तथा समाजिक बिकास कार्यलयका सव इन्जिनियर प्रेम बहादुर शाहीले भने महिलाको नेतित्व बिकासको लागी घर परिवारबाटै सुरुवात गर्नु पर्छ । उनले भने जवसम्म महिला घरमुलि भएर घरपरिवार चलाउन सक्दिनन ,तब सम्म निणर्यक तहमा पुग्न सदिनन । उनले भने महिलाका अधिकार संबिधानमा लेखीएका छन तर लेखेर सम्भव भएनन, माहिलाले आफ्नो अधिकार प्रयोग गर्न सकेनन ।, अब महिला आर्थिक र राजनितक रुपमा निणर्यक तहमा पुगेको खण्डमा मात्रै राज्यले दिएको अधिकार पुर्ण रुपमा कार्यन्वयन हुने बताए । उनले थपे यसका लागी महिला एक जुटहुनुको अरु बिकल्प छैन । सासुले छोरी र बुहारीमा गर्ने बिभेद अन्त्ये हुनु पर्छ,। छोरी जन्मीदा निन्याउरो अनुहार लगाउने र छोरा जन्मीदा अबिर लगाउने ,भोजभतेर गर्ने संस्कार आमले नै अन्त्ये गर्नु पर्छ । अनि मात्रै महिला हिंसा अन्त्य हुने छ । यो छोरी बेहारी कार्यक्रमले सार्थक पाउने छ ।









