जुम्ला :जुम्लामा कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । यही फागुन १५ देखि १९ गते सम्म संञ्चालन हुने भएको हो । त्यस्तै जुम्लामा खेलमैदान नहुँदा सेनाको मैदान मागेर फुटबल खेलाउनु पर्ने बाध्यता रहिआएको छ ।प्रदेशस्तरीय फुटबल प्रतियोगिता पहिलो पटक हुने भएको छ ।
त्यस्तै यसपटक जुम्लाले प्रदेशस्तरीय फुटबल प्रतियोगिता गर्ने अवसर मिलेको जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरत बहादुर बुढ्थापाले बताए ।उनका अनुसार कर्णाली प्रदेशका दसवटै जिल्लाबाट एक–एक वटा फुटबल टिम आउने भएका हुन ।एक टिममा दुई जना अफिसियल सहित १५ जना सहभागी हुने छन ।
कर्णालीको १० जिल्लाबाट झण्डै एक सय ५० जना फुटबल खेलाडी भेला हुने जिल्ला फुटबल संघले जनाएको छ । अध्यक्ष भरत बुढ्थापाका अनुसार यहि फागुन २० देखि २६ गते सम्म रेफ्रि तालिम पनि जुम्लामा हुदैंछ । जुम्लाका हरेक पालिकाबाट दुइ जना सहभागी गराउन भनिएको छ । फुटबल रेफ्रि उत्पादन गर्न स्थानीय सरकारहरुले प्रतिबद्धता समेत जनाएका छन । पहिलो पटक प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने भएपछि जुम्लाका खेलाडीहरु उत्साहित भइरहेका छन । पहिले झुम्राको बल बनाएर धान रोप्ने खेतमा फुटबल खेलिरहेका खेलाडीहरु अहिले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने भएकोमा खुसी छन् ।यस अघि यशाका खेलाडी फुटबल खेल्नका लागी बाहिर जिल्ला जान्थे ।अहिले बाहिर जिल्लाहरुबाट खेलाडीहरुलाई जुम्लामा खेल्न निम्तो गरिएको छ ।
त्यस्तै प्रदेशस्तरीय फुटबल प्रतियोगितामा छनौट भएका खेलाडीहरु सिंधै राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुन पाउने जिल्ला फुटबल संघ जुम्लाका महासचिब दिपेन्द्र हमालले बताए ।उनका अनुसार पहिलो पटक जुम्लाले राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार पार्ने अवसर पाएको छ ।जुम्लाका लागी यो सुनौलो अवसर हो यसको सबै मिलेर सही रुपमा सदुपयोग गर्नुपर्ने आबश्यकता छ ।यो प्रतियोगिताले जुम्लामा फुटबल खेलमा विवादै विवाद भइरहेको भन्ने गलत सन्देशको पर्दाफास गरेर फुटबलमैत्री जुम्लाको पहिचान बनाउने बताए ।
त्यस्तै कर्णाली खेलकुद विकास परिषदको आर्थिक सहयोग, कर्णाली प्रदेश फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको समन्वय तथा जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो । एक साता जुम्ला फुटबलमय हुने छ, उनले भने, ‘खेलाडीहरुको टिम चिन्ने र खेलाडीहरुको प्रतिभा हेर्ने अवसर नछुटाउन खेलप्रेमीहरुलाई आव्हान समेत गरिएको छ । जिल्ला फुटबल संघले प्रदेशस्तरीय फुटबल प्रतियोगिता सफल बनाउने बारेमा स्थानीय सरकारका प्रमुखहरुसंग छलफल गरेको छ । जुम्लाका हरेक पालिकाबाट न्युनतम एक फुटबल रेफ्रि उत्पादन गर्न स्थानीय सरकारहरुले प्रतिबद्धता समते जनाएका छन्।