मनऋषि धितालका जनयुद्धकालीन सात पुस्तक सार्वजनिक

पत्रकार मनऋषि धितालका आधा दर्जन जनयुद्धकालीन पुस्तकहरू एकसाथ सार्वजनिक गरिएको छ । राजधानीको प्रज्ञा भवनमा एक कार्यक्रमको आयोजना गरी धितालले लेखेका जनयुद्धकालीन डायरीहरूको सँगालो समेटिएका आधा दर्जन पुस्तकहरू एकैसाथ सार्वजनिक गरिएको हो ।
प्रधानमन्त्री दाहालले काठमाण्डौमा एक भब्य कार्यक्रममा वीच जनयुद्ध दिवशै दिनमा धितालका गुफा प्रेसका चिठी, जेलयात्रा,वेनीयात्रा, आधारयात्रा, राजमार्ग यात्रा, पिलीयात्रा, गण्डकयात्रा विमोचन गर्नु भएको हो ।

जनयुद्ध दिवसको अवसर पारेर गरिएको सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धलाई नजिकबाट बुझ्नका लागि पुस्तक निकै प्रभावकारी रहेको बताउनु भयो । उहाँले नेपाली जनयुद्धले गाउँ गाउँ र बस्ती बस्तीलाई सचेत बनाउने मात्रै नभई देशको परिवर्तनको नेतृत्व गरेको भन्दै त्यसभित्रको वास्तविक कथा पुस्तकमा रहेको बताउदै ‘मनऋषिजीले यी पुस्तकमा जे लेख्नुभएको छ, त्यो नेपाली क्रान्तिको एउटा जीवन्त इतिहास बनेर युगौगुग सम्म रहनेछ । यस अर्थमा म उहाँलाई बधाई भन्न चाहन्छु ।’ अहिलेको परिवर्तनका लागि नेपालका हजारौँ सर्वोत्तम छोराछोरीको योगदान रहेको कहिल्यै कसैले भुल्न नहुनेमा जोड दिँदै प्रचण्डले त्यसको धरातल कस्तो थियो र क्रान्ति कसरी अगाडि बढेको थियो भन्ने कुरा पुस्तकहरूमा समेटिएको बताउनुभयो ।

केही व्यक्ति र संस्थाबाट अझै पनि परिवर्तनको मुख्य जग नेपाली जनयुद्धलाई स्वीकार नगर्ने प्रबृत्ति कायम रहेको भन्दै उहाँले चाहेर वा नचाहेर पनि संघीयता, गणतन्त्र र नयाँ संविधानको जगलाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली क्रान्तिको बाटो विश्वमा नै पृथक रहेको भन्दै उनले आर्थिक संवृद्धि मार्फत अब यसलाई पुरा गर्ने प्रक्रियामा रहेको र त्यसका लागि सरकारले सबै खालको तयारी गरिरहेको भन्दै उनले सरकारका राम्रा कामको समर्थन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पुस्तकका लेखक मनऋषि धितालले जनयुद्धका क्रममा आफूले डायरी लेख्ने गरेको र अहिले त्यही डायरीलाई पुस्तकको रुपमा प्रकाशन गरेको बताउनुभयो । उहाँले यस अभियानको क्रममा समग्र अभिभावकत्व दिने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री दाहाल पुष्पकमल दाहालप प्रचण्ड, निर्देशन गर्ने तथा हरेक मोर्चामा संरक्षण गर्ने नेता जर्नादन शर्मा अग्रज पत्रकार गोविन्द आचार्य, ओम शर्मा , ईश्वर चन्द्र ज्ञवाली, कर्णालीबाट माया गर्ने नेता नरेश भण्डारी तथा सत्यपहाडी लगायतका नेताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले किताब भित्र झण्डै दुई हजार पच्चिस सय नायकहरुको केही विषय समेटिएको बताउदै जनयूद्दको साक्षीको रुपमा टिपोट गरिएका विषय सर्वोच्व कमाण्डरलाई वुझाउदा खुशी भएको बताउनुभयो ।

 

सम्बन्धित समाचार