जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लाले हिरासतमा रहेका थुनुवाई न्यानो कपडा बितरण गरेको छ । चिसोबाट बाट जोगाउनका ओड्ने ओछ्याने कपडा बितरण गरिएको हो । पातारासी गाउँपालिका २ तल्फिका धन सिहं बोहोराको सहयोगमा १० वटा र उद्योग वाणिज्यसंघको ५ वटा गरी १५ वटा कम्बल र डस्ना सिरक बितरण गरिएको प्रहरी नायब उपरिक्षक छेदीलाल कामतीले बताए । उनले, बिभिन्न बिषयको आरोपमा अनुसन्धानका लागी प्रहरी हिरासतमा रहेका थुनुवालाई न्यानो कपडा सहयोग गर्ने प्रति हार्दिक आभार ब्यक्त गरेका छन ।
त्यस्तै चन्दननाथ ६का वडाध्यक्ष रबि थापाले धन भन्दा ठुलो सहयोगी मन भएको बताए । उनले आफ्नो लागी सबैले काम गर्दछन तर अरुको सुख दुखको सारती बन्ने ब्यक्ति नै भगवान रहेको बताए । उनका अनुसार पछिल्लो समयमा प्रहरीले गरेको सकरात्मक कामको सधैभरी सहयोग गर्न तयार रहेको बताए ।
पातारासी गाउँपालिका २ तल्फिका धन सिहं बोहोराले आफ्नो ब्यक्तिगत रुपमा २५ हजार बराबरको न्यानो कपडा बितरण गरेको बताए । उनले हाम्रो सानो सहयोगले अरुको जिवनमा सहज हुने भएकाले निस्वार्थ रुपमा सहयोग गरेको बताए । हिमाली जिल्ला जुम्लामा बढ्न थालेको चिसोबाट गरिब, विपन्न, जेहेन्दार तथा आर्थिक अवस्था न्यून भएका नागरिकको पहिचान गरी न्यानो कपडा बितरणका कार्यक्रमा गर्न जरुरी छ ।