लागु औषध नियन्त्रणमा प्रहरीको सक्रियता,नगरस्तरीय छलफल चलाउदै

जुम्ला :जुम्लामा लागु औषधमा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय जुम्ला सक्रिय बनेको छ । जुम्ला प्रहरीले यहि चालु आवको माघ सम्म मात्रै लागुऔषधका १२ वटा मुद्दा दर्ता गरेको हो । जुम्लामा लागुऔषध दुब्र्यसनीको अवस्था भयभह बन्न थालेको छ । यसको रोकथामको लागी प्रहरी एक्लैको प्रयासले सम्भब नहुने भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले चन्दननाथ नगरपालिकाका सरोकारवाला सहित नगर स्तरीय छलफल चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्कीले जुम्ला जिल्लाको हकमा सबै भन्दा बढी लागुऔषध प्रयोगकर्ता चन्दननाथमा भेटिने थालेको बताए । उनका अनुसार यस वर्षको चालु आवको माघ महिना भित्रै जुम्लामा लागुऔषधका १२ वटा मुद्दा दर्ता भइसकेका छन ।

जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजनामा पहिलो चरणमा लागु औषध विरुद्धको लालटिन अभियान समन्वय समिति, जिल्ला प्रहरी कार्यालय जुम्ला,चन्दननाथ नगरपालिकाका, नेपाल पत्रकार महासंघ शाखा जुम्ला विचमा सुझाव संकलन तथा कसरी अगाडि जाने भन्ने बिषयमा अन्तरक्रिया समेत गरेको छ । अन्तरक्रियामा सवै वडामा सुचना पेटी राख्न पहल गर्ने सहित ३ वटा निर्णय भएको छ, ।प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार लागु औषध नियन्त्रण गर्न प्रहरीले मात्रै सम्भव नहुने बताए । अहिले सम्म जती न्युनिकारण गरेको प्रहरीले मात्रै गर्दै आएको छ । पछिल्लो समयमा झन यसको प्रयोग बढ्न थालेको छ,यसको लागी सवैको सहकार्य आबश्यक छ ।


त्यस्तै स्थानीय तहले आफैले पनी यस बिषयमा जिम्मेवार हुन पर्ने हो । यस पटक प्रहरीले आलुऔषध न्युनिकरणको लागी भनेर पहिलो वैठक शुक्रबार राखेको छ ।यसको एक महिना भित्र स्थानीय तहका प्रमुख, उपप्रमुख शिक्षा शाखाका प्रमुख सहित सरोकारवाला निकायको उपस्थितिमा कार्यक्रम गरी लागुऔषध र सामाजिक कुरीती जस्ता बिषयमा जिल्लाको रणनितिक योजना तयार निणर्य गरिएको हो । त्यस्तै चन्दननाथ नगरपालिकाका नगरउपप्रमु रामदेवी खड्काले लागु औषधको विषय गम्भिर रुपमा अगाडी बढ्नु पर्ने बताइन । उनले नगरले लागुऔषध सम्बन्धीको कार्यक्रममा प्रथामिकता हुने बताईन । उनका अनुसार नगरपालिका सहति सबै स्थानीय तहमो सहकार्यमा लागु औषधको समस्या समाधान गर्न आबश्यक छ । त्यस्तै चन्दननाथ नगरपालिका २ स्थित गोमा खत्री भण्डारीले महिला सञ्जाल मार्फत सचेतनाका अभियान अगाडि बढाउनु पर्ने बताइन ।

त्यस्तै जुम्लामा लागु औषध प्रयोग र विक्रीकर्ता बढ्दै गईरहेको समयमा जिल्ला लागु औषध विरुद्धको लालटिन समन्वय समितिले सक्रियता जनाएको छ । प्रदेश प्रहरी कार्यालयको योजना अनुसार जिल्ला प्रहरी निरीक्षक उमेश चन्द्धको नेतृत्वमा लालटिन समन्वय समिति समेत रहेको छ ।

समितिले स्थानीय सरकार र सरोकारवाला निकाय सँग समन्वय गरेर सचेतना कार्यक्रम, नियन्त्रण गर्ने उपायका विषयमा रणनिति वनाउने प्रयास गरिएको समितिका अध्यक्ष तथा प्रहरी निरीक्षक चन्द्धले जानकारी दिए । लागुऔषधको रुपमा प्रयोगमा आउने गाँजा अफिम जस्ता खेती हुने ठाउमा वैकल्पान खेति गर्नका लगाउने ,लाग औषधः समस्या र समाधानका उपायहरु ,आसा लागुऔषध सम्बन्धि अभिमुखिकरण कार्यक्रमहरु बढाउने ,जुम्ला प्रबेश गर्ने सिमा नाकामा सुचना डेक्स राख्ने , विद्यालय स्तरमा विभिन्न कार्यक्रमहरू गरी सचेतनापामुल कार्यक्रम गर्ने , आसारा सुधार केन्द्र स्थापनाका लागी आबश्यक जग्गाको पहल गर्ने,लगायतका बिषयमा जिल्ला प्रहरी कार्यालय जुम्लाले छलफल गरेको छ । छलफलमा सरोकारवाला निकायले यस सवालमा सूचना दिने देखी विभिन्न काममा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित समाचार