तातोपानीको हिउँदे गाउँसभाः भु –उपयोग सहित आठ वटा कार्यविधि पारित

जुम्ला :तातोपानी गाउँपालिकाले भु – उपयोग कार्यान्वय सहित आठ वटा कार्याबिधि पास गरेको छ । तातोपानीको १४ औँ गाउँ सभाको बहुमतबाट गाउँपालिकाका दैनिक क्रियाकलाप सहजता ल्याउनका लागी ८ वटा कार्यविधि निर्माण गरि पारित गरेको हो ।
तातोपनी गाउँपालिकाका प्रवत्ता अम्मर रोकाया अनुसार भु– उपयोग कार्यान्वयन कार्यविधि–२०८०, भूमि व्यवस्थापन ऐन–२०८०,दिवा खाजा सञ्चालन तथा व्यवसथापन सम्बन्धी कार्यविधि– २०८० पारित भएको छ । उनले भने,एमबिबिएस अध्ययन छात्रवृत्ति सम्बन्धी कार्यविधि–२०८०,गरिवी निवारण कोष व्यवस्थापन कार्यविधि–२०८०,तातोपानी गाउँपालिकाको नक्सा पास सम्बन्धी कार्यविधि–२०८०,सडक आश्रित सहयोगापेक्षी मानव उद्धार पुन स्थापना तथा व्यवस्थापन कार्यविधि–२०८० र स्थानीय तह यूवा विकास समिति नियमावली–२०८० गरी ८ वटा ऐन नियमालीवली तथा कार्यविधि पारित भएको हो ।


त्यस्तै तातोपानी गाउँपालिकाले असार मात्रै हतार गरेर हुने असारे विकासकालाई अन्त्य गर्नका लागी ८ वटै वडाको योजना सम्झौता असोजमा सकिएको अध्यक्ष नन्द प्रसाद चौलागाइले बताए । उनका अनुसार वित्तिय समानिकरण अनुदान अन्तर्गतका कुल ७६ वटा योजना मध्ये ६१ वटाको सम्झौता कार्य सम्पन्न भइ ८० प्रतिशत उपलब्धी हाँसिल भएको छ । उनले भने,‘जुम्लाको तातोपानी गाउँपालिकाले बैशाख मसान्तमै योजना निर्माण तथा भुक्तानी गरेर सक्ने अभियान थालेको थियो । त्यही अनुसार असोजमै योजना सम्झौता सक्ने देखि बैशाख मसान्त सम्म अन्तिम भुक्तानी दिएर सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।

त्यस्तै पालिकाका उपाध्यक्ष रेवती रावलले गत वर्षपनि बैशाखमै सबै योजना निर्माण अन्तिम भुक्तानी दिएको बताइन । उनले तातोपानीले ईच्छा शक्ति भएको खण्डमा असारे विकासको पुण रुपमा अन्त्ये गर्न सक्ने छ । उनका अनुसार पुष समान्त सम्म तातोपानी गाउँपालिकाले कुल बजेटको ३९.४२ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि चालु र पुँजीगत गरी कुल ५५ करोड ६० लाख २५ हजार सात सय रुपैया विनियोजन गरेकोमा ६ महिनामा समग्रमा १७ करोड ४१ लख ५८ हजार अर्थात ३९ प्रतिशत बजेट खर्च भएको प्रगती विरणमा उल्लेख गरिएको छ । प्रदेश सरकार सशर्त अनुदान अन्तर्गत १७ वटा मध्य १० वटाको सम्झौता कार्य सम्पन्न भएको छ ।

उपाध्यक्ष रावलले राजश्व शिर्षक र दरका विषयमा गाउसभा मार्फत जानकारी दिएकी छन । उनले कृषिबाली,घरनक्सा पास,पुरानो घरको अभिलेखीकरण लगायतका काम गर्दा कति राजश्व लाग्ने भन्ने बारे जाकारी गराएकी हुन । उनका अनुसार तातोपानीले ६ महिनामा १० लाख १७ हजार ९ सय ७७ रुपैया राजश्व संकलन समेत गरेको छ । नीजि उद्योग दर्ता गर्दा १ लाख देखि ५ लाखसम्म पुँजी भएका उद्योगदर्ता गर्दा दर्ता शुल्क एक हजार र नविकरणमा २ सय लाग्ने र ५ लाखदेखि १० लाख सम्म पुजी भएको उद्योग दर्ताशुल्क ४ हजार र नविकरण शुल्क ८ सय तोकिएको छ ।

त्यस्तै तातोपनाीका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले पुँजीगत तर्फ १८ करोड १९ लाख ५६ हजार बजेट मध्य २ करोड ६८ लाख ५३ हजार अर्थात १४.७५ प्रतिशत खर्च भएको बताए ।उनका अनुसार चालु तर्फको कुल ३७ करोड ४० लाख ६९ हजार ७ सय रुपैया मध्य १४ करोड ७३ लाख ५ हजार ४ सय अर्थात ३९.३७ प्रतिशत खर्च भएको छ ।

त्यस्तै तातोपानीले स्थानीय आर्थिक विकास एलईडीको को काम सम्पन्न गरी जिल्ला समन्वय समितिमा पेश गर्दा ७४.५ प्रतिकत अंक प्राप्त गरि हाल सम्म प्रदेशकै पहिलो र देशव्यापी रुपमा तेस्रो स्थानमा रहेको हिउदेगाउसभाको प्रगति प्रतिवेदनमा उल्लेख समेत गरेको छ । अब तातोपानी गाउँपालिकामा पनि नीजि तथा सार्वजानिक घर भवन निर्माण गर्दा अनिवार्य नक्सा पास गर्नु पर्ने छ । नक्सा पास बिना घर भवन बनाउन पाईने छ । त्यस्तै पालिकाले ५० प्रतिशत अनुदानमा एमबीबीएस पढाउने भएको छ ।

सम्बन्धित समाचार