कालिका माविमा अभिभावक शिक्षा र पढाई कुना अभियान

जुम्ला :हिमा गाउँपालिकाको कालिका माध्यामिक विद्यालयमा अभिभावक शिक्षा र पढाई कुना अभियान संञ्चालन गरिने भएको छ ।प्लान इन्टरनेशनल नेपाल र पेस नेपालको साझेदारीमा संचालित बालिका सशक्त परियोजनाको सहयोगमा उक्त कार्यक्रम लागु भएको हो । बिद्यालय लगायतका क्षेत्रका गाउँ टोलटोलमा अभिभावक शिक्षा र घरमा बालवालिकाको लागी पढाई कुना बनाइने अभिायान शुरुवात गरिएको छ ।

त्यस्तै हिमाली जिल्ला जुम्लामा हिउँदे सिजनमा विद्यालय वन्द भईरहेको समयमा कालिका माध्यामिक विद्यालयमा भने विदाको समयलाई सदउपयोग गरेर अभिभावक शिक्षा दिन थालिएको कालिका माध्यामिक विदालयका प्रधानाध्यापक खम्वा शाहीले बताए । उनका अनुसार हिमा गाउँपालिका वडा नं. १ स्थित कालिका माविको सेवा क्षेत्र बड्कीबाट समुदायमा अभिभावक शिक्षा कार्यक्रम सुरु गरिएको छ ।

अभिभावक शिक्षा सेवा बड्की गाउँ सहित जोगिबाडा, बाजागाडा, कोईरेली गाउँमा अभिभावकको साथमा अहिले अभिभावक शिक्षा दिईन थालेको छ । उनले भने,कालिका मावि सेवा क्षेत्रका ५ वटा समुदायबाट सुरु गरिएको कार्यक्रममा अभिभावकका घरघर गई शिक्षाको महत्व, फाईदा तथा आफ्ना बालबालिकाको स्थायी बढाईको आनीबानी बिकास गर्न ७ वटा संन्देश दिदै कार्यक्रम गरिएको छ । उनले हिउदे विदाका समयमा विद्यालय अहिले बन्द छ तर अभिभावकलाई आफ्ना वालवालिकाको शिक्षामा प्रभाबकारीता ल्याउनका लागी सचेत स्वरुपम सो अभियान थालिएको छ ।

बिद्यालयका अनुसार यो अभियानमा भने गैर सरकारी संस्थाको साझेदारी गरिएको छ । विद्यालयले प्लान इन्टरनेशनल नेपाल र पेस नेपालको साझेदारीमा संचालित बालिका सशक्त परियोजनाको सहयोगमा उक्त कार्यक्रम गरिएको पेस नेपालका सुपरिबेक्षक शंकरप्रसाद उपाध्यायले सहजिकरण गरेका छन । टोलटोलमा अभिभावक शिक्षा र एक घर एक पढाई कुना निर्माण अभियानमा बड्की,कोईरिली,बाँजागाडका १सय ५० जना अभिभावकलाई शिक्षाको महत्व, फाईदा तथा आफ्ना बालबालिकाको स्थायी बढाईको आनीबानी बिकास गर्न ७ वटा संन्देश प्रदान गरिएको विद्यालयले जनाएको छ । यस क्रममा ५ वटा सुमदायमा ५ वटा टोल शिक्षा सुधार तथा एकघर एक पढाई कुना निर्माण ब्यवस्थापन समिति निर्माण भएका छन । यी समितिले आफ्नो समुदायमा आफ्नो समुदायमा एकघर एक पढाई कुना निर्माण गर्न निरन्तर अभियान संचालन गर्ने छन ।
त्यस्तै वालवालिकालाई अभिभावक शिक्षा तथा पढाई कुनाका बिषयमा गरिएका कार्यक्रमका बिषयमा अभिभावक खुशी हुन थालेको बड्की गाउँका स्थानीय मेघबहादुर शाहीले बताए । उनका अनुसार अनुसार यो अभिभावक शिक्षा बाट धेरै कुरा थाहा पाएँ । उनले भने, हाम्रा बालबालिका लाई हामीले ध्यान नदिएका रहेछौ कालिका मावि बड्की र साझेदार संस्था पेस नेपालले हामीलाई दिएको यी ७ संन्देश हामीले पालना गरेपछि हाम्रा बालबालिका भविश्य राम्रो हुने छ । म मेरो घर र समुदायमा सबैलाई घरमा पढाईकुना निर्माण गर्न सल्लाह दिने छु ।
त्यस्तै हिमा गाउँपालिका २ कोईरेली गाउँका स्थानीय खाम्वा रोकायाका अनुसार यो भन्दा पहिला हामीलाई घरमा पढाई कुना भएको भन्ने थाहा नभएको बताए । उनले किन बालबालिका पढ्दैनन् भन्ने कुरा आज मात्रै थाहा भयो हामी अभिभावकले ठुलो हेल्च्रक्राई गरेका रहेछौ अव देखि हामी यस्तो गर्ने छैनौ । त्यस्तै पछिल्लो समयमा अभिभावक शिक्षा पाएपछि अभिभावकहरुबालबालिकाको पढाइको गुणस्तर बढाउनका लागी सबै सचत सचेत भएर लाग्न आबश्यक रहेको बताएका छन ।

 

सम्बन्धित समाचार