सबै निकायमा दोभासे राख्न जुम्ला बहिरा संघको माग


जुम्ला ः बहिरा अपांगता भएका व्यक्तिहरुले स्थानी यतहमा दोभासे राख्न माग गरेका छन् ।जुम्ला बहिरा संघको आयोजनामा जुम्लामा सञ्चालित तेस्रो चुनावी साधारण सभामा उनिहरुले सांकेतिक भाषा सरकारी कार्यालयमा सहज कठिन भएको बताएका हुन ।बहिरा महासंघ कर्णालीका अध्यक्ष नम्रता भारतीले सरकारले सरकारी कार्यालयमा दोभासे राख्ने निति भएकाले चन्दननाथ नगरपालिकाले शुरु गर्न अनुरोध गरिन । उनले सरकारी कार्यालयमा दोभासे नहुदा परेका बहिरा ब्यत्तिलाई कठिनाई भएको छ ।
राष्ट्रिय अपाङ«ग महासंघ नेपालका पूर्व केन्द्रीय सदस्य नन्दराज धितालले अस्पताल,अदालत, प्रशासनमा समेत दोभासे नहुदा समस्या भएको हो । उनका अनुसार भौतिक संरचना समेत अपांगता मैत्री नहुदा सहभागितामा कठिनाई भएको छ ।
कर्णाली माविका दोभासे शिक्षक देवेन्द्र तिमि ल्सिनाले सवै कार्यालयमा दोभासे राख्न अनुरोध गरेका हुन । पहिले बहिराहरुको शिक्षाको विषयमा चिन्ता लाग्थ्यो अहिले पढेर वेरोजगारी बढेको छ ।चन्दननाथ नगरपालिकाका नगर उपप्रमुख रामदेवी खड्काले आगामी नितिकार्यक्रममा दोभासेको विषयमा चन्दननाथ नगरपालिकाले योजना बनाईने प्रतिवद्धता गरिन ।यस बर्ष भने बहिराहरुलाई शिपविकास तालिममा जोड दिईने बताइन । उनले अपांगता क्षेत्रमा आगामीदिनमा के गर्ने समन्वय सहकार्य बढाउने बताइन ।
त्यस्तै जुम्ला वहिरा संघको साधारणसभाले हिक्मत बुढाको नेतृत्वमान याँकार्य समिति चयन गरेको छ ।उपाध्यक्ष सानुमाया विष्ट, महा सचिवलंका कुमारी शाही, कोषाध्यक्ष टेकराजखत्री सहिततितु कामी, वलवहादुर थापा र राजबहादुर थापा सहित७ सदस्यीयजिल्लाकार्यसमिति गठन भएको छ । बहिरा अपांगताभएका व्यक्तिहरुको अधिकारको लागि प्रथामिकता दिईने नवनिर्वाचितअध्यक्ष हिक्मत बुढाले बताए ।

 

सम्बन्धित समाचार