वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी चन्दननाथ ३ ढाँडथपलालाई


जुम्ला:कार्तिक ११ गतेबाट सुरु भएको वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी चन्दननाथ नगरपालिकाको तिन ढाँडथपलाले उपाधीहात पारेको छ ।४ वडाको टिम लाई हराउदै तिन वडाले उपाधी हात परेको हो । प्रमथ स्थान हाँसिल गर्ने खेलाडीलाई कप सहित १ लाख १ हजार ११ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।


त्यस्तै द्वितीय स्थान आउन सफल ४वडाको टिमलाई कप सहित ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिएको हो । फुटबल प्रतियोगितमा ३० वटा टिम सहभागी भएका थिए । कुल ३० वटा टिमको सहभागिता रहेको वडा कपबाट छनोट हुँदै दुईवटा टिम फाइनलमा पुगेका थिए । सबै चन्दननाथ नगरपालिकाका खेलाडीहरु रहेका थिए ।


चन्दननाथ नगरपालिका ३, ४,वडाका टिमहरु फाइनलमा पुगेका छन्। चन्दननाथ नगरपालिका–४ ले आयोजना गरेको खेल पनि विवादरहित भने भएन ।खेल प्रेमी नागरिक र खेलाडीहरुमा संस्कृतिको विकास हुन नसक्दा रेफ्रीको निर्णय नमान्नेदेखि रेफ्री लाई गाली गर्ने कुट्नेसम्मका काम हुदै आएको पाइन्छ ।


प्रतियोगिता हुदा खेल प्रेमीहरुको घुइँचो लाग्ने गरेको देखिन्छ । राम्रा खेलाडीहरुले खेल प्रेमीहरुलाई आकर्षण बढाउनका लागी यो प्रतियोगिता गरिएको आयोजक चन्दननाथ ४ वडाका अध्यक्ष नवराज देवकोटाले बताए। उनले भने, खेललाई निरन्तरता दिनका लागी हाम्रो सँस्कारको बिकास हुन जरुरी छ ।