माओवादी रुपान्तरण अभियान : प्रतिष्ठानका विरामीलाई फलफुल वितरण

जुम्ला : माओवादी केन्द्रको यतिवेला देशभर जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ जारी छ । नेकपा माओवादी केन्द्रका नेता, देखि कार्यकर्ताहरु यतिबेला गाउँगाउँमा पुगेका छन । उनीहरुले थालेको यस पटकको अभियान भाषण गर्ने होइन जनताका सुख दुख सुन्ने र उनीहरु संग श्रम गर्न थालेको देखिन्छ ।

त्यस्तै सोमबार चन्दननाथ नगपालिका दुइमा रहेको माओवादी केन्द्रले नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विरामीलाई फलफुल वितरण गरिएको छ ।नेकपा माओवादी केन्द्रले थालेको घरघरमा माओवादी ,जनजनमा माओवादी भन्ने नारासहित सूरु भएको ३ महिने रुपान्तरण अभियान अन्तरगत चन्दननाथ नगरपालिका वडा नम्बर २ ले कर्णाली प्रतिष्ठानका ईमरजन्सी सहित विभिन्न वार्डमा भर्ना भएका बिरामी र सुत्केरी भएका महिलालाई केरा, फ्रुटि सहितका फलफुल वितरण गरिएको हो ।

त्यस्तै चाडपर्वमा फजुल खर्च गर्नु भन्दा विरामीलाई फलफुल वितरण गर्ने र उनीहरुको स्वास्थ्य लाभको कामना गर्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको नेकपा माओवादी केन्द्र चन्दननाथ नगरपालिका वडा नम्बर २ का वडा ईन्चार्ज सुरेश भण्डारीले बताए । उनका अनुसार प्रतिष्ठानमा उपचारको लागी भर्ना भएका विरामीलाई शुभकामना दिइ हौसाला बढाउनका लागी नागि कार्यक्रम गरिएको हो । त्यस्तै प्रतिष्ठानमा १०५ जना विरामीलाई र कर्णाली मावि अनामनगरका बहिरा वालवालिकाहरुलाई पनि फलफुल वितरण गरिएको छ ।

त्यस्तै फलफुल वितरण कार्यक्रममा माओवादी विशेष रुपान्तरण ३ महिने अभियानका जिल्ला ईन्चार्ज छिमी लामा, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विरवहादुर कुँवर लगायत स्थानीय तहका अभियान ईन्चार्जहरुको उपस्थिति रहेको थियो । फलफुल वितरण कार्यक्रममा विरामीले मानवीय कामका लागि धन्यवाद ज्ञापन गरेका छन् । कर्णाली प्रतिष्ठानमा उपचार गरिरहनु भएकी मुगु जिल्ला छायानाथ रारा गाउँपालिका झ्यारी गाउँका वालिका बिष्णुमाया बुढाले आभार ब्यक्त गरिन । अस्पतालमा उपचार गरिरहेका जुम्ला सिंजा गाउँपालिका वडा नम्बर १ का सगुने तिरुवाले चाडपर्वमा फाल्तु खर्च भन्दा विरामीलाई फलफुल दिनु राम्रो कार्य भएको बताए ।

फलफुल अभियानमा नेकपा माओवादी केन्द्र चन्दननाथ नगरपालिका २ रुपान्तरण अभियानका सवैटोली सहित जिल्ला स्तरका नेताहरुले विरामीलाई वेड्मा गएर स्वास्थ्य अवस्था बुझ्दै शुभकामना समेत दिएका छन् । बिरामीलाई फलफुल बितरण कार्यक्रम सहिद परिवारका आमा बाट सूरु गरिएको थियो । जनतासँग विशेष रुपान्तरण अभियान’सँगै नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु यतिबेला गाउँगाउँमा पुगेका छन् ।

घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने मुल नाराका साथ गत भदौ १६ देखि सञ्चालनमा आएको उक्त अभियानले जुम्लामा माओवादीको वर्तमान अवस्थालाई रुपान्तरण सहितको माओवादी बनाउने लक्ष्य लिइएको छ । सबैभन्दा पहिला पार्टीको आन्तरिक शक्ति समस्या, समाधानमा नेताहरु केन्द्रित भएको देखिन्छ ।माओवादीहरु गाउँ पसेसँगै विकास निर्माणका कार्यमा सहभागिता जनाउनेदेखि जनताका काममा सहयोग गर्नेसम्मका भूमिकामा क्रियाशील भएका छन् । श्रमदान गर्ने पार्टीको नीति अनुसार माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु धान गोड्ने, विकास निर्माणका काममा सहभागिता जनाउने गरिरहेका पालिका स्तरमा खटिएका इन्चार्जहरुले बताउदै आएका छन ।

सम्बन्धित समाचार