यि हुन जुम्लाका जरिवानामा परेका औषधी पसलहरु
जुम्ला ः जुम्लामा नियम विपरित सञ्चालित मेडिकल र खाद्यन्न पसलहरुलाई जरिवाना गरिएको छ । बाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज बाँके, जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले सयुक्त गरेको अनुगनमा मेडिकल र केही अखाद्य बस्तु बेच्ने पसललाई जरिवाना गरिएको हो ।
अनुगमनमा क्रममा औषधि खरिद र बिक्रीको अभिलेख नराखेको तथा मेडिकल नविकरण नगरेको, नियमविपरित गर्भनिरोधकका औषधीहरु बच्ने मेडिकललाई जरिवाना गरिएको हो । त्यस्तै ओम मनिष पोलिक्लिनिक एण्ड रेफरल सेन्टरलाई ५० हजार चन्दननाथ ओैषधी पसल ५० हजार र कर्णाली मेडिकललाई २० हजार जरिवाना तोकेको हो ।
मेडिकलहरू अव्यवस्थित र दायराभन्दा बाहिर सञ्चालन गरेको पाइएको छ ।जुम्लाको सदरमुकाम खलंगामा बजारमा अवस्थित चन्दननाथ नगरपालिका विभिन्न ठाउँमा सञ्चालनमा रहेका मेडिकलमा अनुगमन गर्दा धेरै समस्याहरू देखिएका छन् । चेकजाँच गर्ने ठाउँ तथा औषधि राख्ने ठाउँ पनि राम्रो नभएको जस्ता अनुगमन टोलीले बताएको छ । त्यस्तै ओम मनिष पोलिक्लिनिक एण्ड रेफरल सेन्टरले सुरक्षित गर्भपनको सेवा दिइन्छ समेत भनेर लेखिएको ब्यानर टाँस गरेको र त्यो औषधी पसलका गर्भनिरोधकका ट्याप्लेट भेटाएको थियो ।
अनुगमन समितिका अनुसार गर्भपतन गर्नका लागी पहिला त ब्यक्ति सुचिकृत हुन पर्छ, त्यस पछि त्यो संस्था सुचिकृत भएको हुन पर्ने हुन्छ । तर त्यहा ब्यक्ति समेत सुचिकृत नभएको ठाउँमा यस्ता सेवा दिइनु गैरकानुनी भएकाले पहिलो चोटि जरिवाना तोकिएको हो ।
अखाद्य बस्तु विक्रीवितरण
यहाँको साना ठुला बजारमा म्याद गुजे्रका अखाद्य बस्तु विक्रीवितरण हुने गरेको पाइएको छ । खाद्यान्नतर्फ ६ वटा पसल अनुगमन गरिएको थियो । ५० हजार ७ सय ३६ रुपैयाँ बराबरको म्याद गुज्रिएको सामान बरामद गरी नष्ट गरिएको छ ।
चियापत्ती, डेरी मिल्क, डाइपर, ललिपप, माल्टा क्रिम, स्किन क्रिम, बियर, पापड, ड्राईफुड्स, सनफ्लावर तेल, धारा तेल, स्वस्तिक तेल, किसमिस चाउचाउ मिठाइँ, दालमोठ, लगायतका सामान जफत गरिएको गरिएको थियो ।
लुम्बिनी ट्रेड्रस, सागर ट्रेड्रस, लुना स्टोर्स एण्ड सप्लायर्स, बुढा जनरल स्टोर्स, न्यु श्रृष्टि जनरल स्टोर्स र पाल्पाली जनरल स्टोर्समा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय जुम्लाका प्रमुख डाक्टर ईश्वर सुवेदीले बताए । उनले भने, अनुगमनको क्रममा कैफियत भेटिएका सबै मेडिकल र पसलमा आवश्यकताअनुसार सल्लाह सुझाव दिइएको छ ।
सागर ट्रेड्रसबाट १० हजार, लुना स्टोर्स एण्ड सप्लायर्स १० हजार , पाल्पाली जनरल स्टोर्सबाट पाँच हजार र न्यू बुढा जनरल स्टोर एण्ड सप्लायर्सलाई पाँच हजार जरिवाना गरिएको छ ।त्यस्तै सागर ट्रेड्रस र बुढा जनरल स्टोर्सलाई चेतना दिइएको अनुगमन टोलीले जनाएको छ । सल्लाह सुझावलाई कार्यान्वयन गर्न पनि अनुगमन टोलीले निर्देशन गरेको छ ।
लुम्बिनी, सागर, लुना, बुढा, न्यू श्रृष्टि र पाल्पाली जनरल स्टोरबाट म्याद नाघेका अखाद्य बस्तु ५० हजार ७३६ रुपियाँ बराबरको म्याद नाघेका अखाद्य बस्तु बरामद गरी नष्ट गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय बाँकेका प्रमुख बिष्णु प्रसाद धितालले बताए । उनका अनुसार पहिलो पटक सचेतना स्वरुप जरिवाना तोकिएको हो । पसल संञ्चालकहरुबाट यस्ता कार्य फेरी गरेको पाइएको खण्डमा सिल गर्ने अधिकार छ ।