डोल्पा ः सोह्र दिन देखि बेपत्ता रहेका डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको शव भेरीनदिमा शब फेला परेको छ । त्रिपुरासुन्दरी नगरपालिका ५ अन्र्तगत पर्ने चिन्ढेबगर नजिकै भेरीनदिको किनारमा मेजर पण्डितको मृत शवफेला परेको हो ।
भेरीनदिमा माछा मार्न जालखेल्दै जानेक्रममा विहान ६ बजेतीर त्रिपुरासुन्दरी ५ का परिमल भनिने सिबमल सार्कीले चिण्ढेबगरस्थित भेरीनदीको किनारमा लाश देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खवर गरेका थिए ।दुईओटा ढुङ्गाको खोल्सामा ठूलो ज्यान भएको वाँया हातमा घडि र दायँ हातको कान्छी औलामा औठी देखेपछि आफुले बेपत्ता मेजर हुनकी भनेर जाल खेल्न छाडेर चौकीमा पुगेर खवर गरेको सिबमल सार्कीले बताए ।
सार्कीले खवर गरेलग्त्रै प्रहरी नायव उपरिक्षक शिब बुढाथोकीको कमाण्डमा उद्धार सामाग्री सहित नेपाली सेनाका मेजर रवि शाहको टोली शव भएको स्थानमा गएको हो ।
प्रहरी वायब उपरिक्षक शिबबुढाथोकीको टोली पुगेको केहि समयपछि रामबाण गुल्मका गुल्मपती ध्रुब्र कार्कीको टोली समेत शव प्राप्त ठाउँमा पुगेपछि भेरीनदिको किनारमा ढुङ्गाको खोचमा रहेको शव बाहिर निकालिएको हो । मेजर पण्डितकले लगाएका घडि औठीबाट शव पुष्टि भएको घटनास्थलमा पुगेका प्रहरी नायव उपरिक्षक शिब बुढाथोकीले बताए ।शव ब्यवस्थापनको लागी मुचुल्का उठाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल दुनैमा लिएको छ ।