जुम्लाका बाग बहादुर नामका श्रीमानबाटै भारतको वेंलोरमा श्रीमती अलपत्र

जुम्लाका एक यूवकले श्रीमतिलाई भारत लिएर अलपत्र पारेका छन् । जुम्ला गुठिचौर गाउँपालिका ३ गज्र्याङकोटकी देवकी सुनारलाई काम गर्न भन्दै भारतको वेंलोरमा लिएर श्रीमान बागबहादुर कामीले अलपत्र पारेका हुन ।
अहिले देवकीले भारतीय यूटयूव च्यानलमा आफुलाई अलपत्र पारेको बताएकी छन् ।

उनका अनुसार गुठीचौर गाउँपालिका ३ गज्याङकोट स्थायी घर बताउने देवकी सुनारको भिडियो सामाजिक संञ्जालमा भाइरल हो । देवकीले त्यो भिडियोमा श्रीमान बागबहादुर कामीले तीन वर्षको छोरा लिएर कोही नभएको ठाउँमा अलपत्र पारेकाले उद्दारको लागी हारगुहार गरेकी छन । देवकी सुनारको माइती घर चन्दननाथ नगरपालिका ४ सिंगाचौर हो । उनका अनुसार गुठीचौर गाउँपालिका ३ गज्याङकोटका बागबहादुर कामीसंग बिहे गरेर तीन वर्षको छोरा छ । बागबहादुरले देवकीलाई पैसा कमाउने भनेर छोरा सहित भातरको ब्याङलोर लिएर गएका थिए ।

बागबहादुरले भारतमा छोरा लिएर देवकीलाई अलपत्र छोडिदिएका छन् ,। उसो त बागबहादुरका नाममा जिल्ला अदालत जुम्लामा बहुविवाहको मुद्दा पनि छ । देवकीले बागबहादुरले अर्की केटी भगाएर लिएको थाहा पाएपछि बहुविवाहको मुद्दा हालेकी थिइन । प्रहरीले बागबहादुरलाई प्रकाउ गरी अनुसन्धान टुंग्याई अदालतमा बुझाएको थियो । तर बागबहादुर जिल्ला अदालत जुम्लामा अर्की केटीसंग बिहे नगरेको भन्दै धरौटिमा छुटेका थिए । पछि उनले देवकीलाई श्रीमाती मान्ने आफ्नो गलत कार्यबाट सुधारिएको भन्दै फकायर भारत लगेर अलपत्र पारेका हुन ।

चन्दननाथ नगरपालिका ४ की देवकी सुनारकी आमा निलि सुनारका अनुसार आफ्नी छोरीलाई माया गरेको नाटक गरेर भारतमा अलपत्र पारेको बताउनुभयो । उहाँ अहिले छोरीको उद्दार गरिदिन भन्दै सरोकारवाला निकाय कहाँ धाईरहेकी छन् ।
आमा निलि कामीले छोरी भारतको व्यंलोरमा छोडेर आफु र बच्चा लिएर भागेको बताइन । उनले जिल्ला प्रहरी कर्यालयमा समेत खोज तलासीको लागी निवेदन दिइएको बताइन । उनले भनिन, बाग बहादुर कामीले पटक पटक छोरीलाई दुःख दिईरहेको छ । भारतमा सँगै काम गर्ने ,कमाउने भन्दै लिएर आफुलाई अपलपत्र पारेको र साथमा रहेको ३ बर्षको छोरा पनि लिएर श्रीमान् बागबहादुर भागेका हुन ।

ग्लोवल गोर्खा टाईम्समा रुदै दिएको अन्तरवार्तामा बागबहादुरले अर्को केटी सँग भिडियो कल गर्ने गरेको बताएकी छन् । हिन्दी भाषा समेत नजान्ने देवकी अहिले वेंलोरमा अलपत्र भएको भिडियो सार्वजनिक भएपछि उनका माईतिको परिवारमा तनाव भएको छ । आमा, दिदी र परिवार उद्दार गरिदिन भन्दै पत्रकार महासंघमा दैनिक धाईरहेका छन् । यसका साथै देवकीको उद्दारका लागि सामाजिक क्षेत्रमा काम गर्ने नेपाल संयोजक किन ईण्डियालाई समेत निवेदन समेत दिईएको छ । देवकीको सम्पर्क नहुदा भने हैरान भएको परिवारले जनाएको छ ।

त्यस्तै देवकी मात्रै होइन जुम्लामा घरेलु हिंसाबाट प्रभावित र ग्रसित हुँदाहुँदै पनि धेरै महिलाले उजुरी गर्ने सामर्थ नै राख्दैनन् । यसैले घरेलु हिंसापीडित अधिकांश महिलाहरू अझै पनि राज्य र प्रहरी प्रशासनले प्रस्तुत गर्ने आँकडाको दायरामा पनि आउन सकिरहेका छैनन् । आजभोलि घरेलु हिंसाबाट पीडित हुने महिलाहरूको सङ्ख्या बढ्दो छ । यसमा पनि आर्थिक अवस्था कमजोर भएका महिलाहरू बढी पीडित छन् ।

सम्बन्धित समाचार