गुठिचौर गाउँपालिकाका अध्यक्ष बुढा बिरुद्ध उपाध्यक्षले हालिन सर्वोच्चमा मुद्दा

 


जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका एक वर्षदेखि विवादको केन्द्र बनेको छ । पालिकामा कहिले स्वयमसेवक शिक्षक भर्ना गर्ने बिषयलाई लिएर प्रमुख प्रशासकिय अधिकृतसंग पालिका अध्यक्ष दानबहादुर बुढाको विवाद भयो ।
यो १६ महिनामा पालिकामा पाँच वटा प्रमुख प्रशासकिय अधिकृत फेरबदल गरे । कोहि पनि प्रमुख प्रशासकिय अधिकृत लामो समय बस्न सकेनन् अथवा बुढाले राख्न चाहेनन् । तर लामो समयसम्म कोहि प्रमुख प्रशासकिय अधिकृत बसेनन् ।

तर सरुवा भए जाने सबै प्रमुख प्रशासकिय अधिकृतलाई अध्यक्ष बुढाले जनताको काम नगरेको आरोप लागाउने गरेका छन । तर जनतालाई बुझ्दा उनले फोनको भरमा मौखिम राखीएका १४ जना शिक्षकलाई प्रदेश र संघबाट पालिकामा आएको बजेट मार्फत तलब खुवाउन दबाद दिदा उनीहरुले नमानेको स्थानीय र सरुवाभएर गएका प्रशासकिय अधिकृत बताउछन् ।

पालिकाको आफ्नो अन्तरिक स्रोत र राजश्वबाट उठेको पैसाले शिक्षक राख्न पाउने कानुनी ब्यवस्था छ । तर पालिकाको आन्तरिक स्रोत नभएले प्रदेश र संघबाट आएको बजेटले मनोमानी तरिकाले राखेका शिक्षकलाई तलब खुवाउन प्रमुख प्रशासकिय अधिकृतलाई पालिकाका अध्यक्ष सहितका केही जनप्रतिनिधिले दबाव दिने गरे पछि कानून विपरित भन्दै पाँच वटा प्रमुख प्रशासकिय अधिकृत सरुवा भएका हुन ।

गुठीचौर गाउँपालिका शिक्षा शाखाका प्रमुख सिहंमान रावतका अनुसार गुठीचौर गाउँपालिका भरीका दुईवटा नि.मा.वि. , छ वटा आधारभुत र चार वटा माध्यामिक विद्यालय रहेका छन । उनले भने, ‘शिक्षक राख्ने भनिएको बजेट कार्यन्वय भएको छैन । त्यति बेला मा.वि र नि.मा.वि.मा आवश्यकताको आधारमा स्वयसेवक शिक्षक राख्ने भनिएको थियो । मौखि रुपमा १४ वटा शिक्षक पढाइरहेको विषयमा शिक्षा शाखालाई जानकारी छैन । विद्यालयलेआफ्नै तरिकाले राखेको होला ।’

त्यस्तै गुठीचौर गाउँपालिकाका उपाध्यक्ष शान्ति कुमारी मल्ल(भण्डारी) ले आफुलाई प्रहरीको हिरातमा राखेर बजेट पास गरेको भन्दै सर्वोच्चोमा मुद्दा दायर गरेकी हुन ।

मल्ल (भण्डारी) का अनुसार जुम्लाको गुठिचौर गाउँपालिकाको यहि चालु आवको बजेट जुम्ला बजारमा रहेको होटल पौवामा बाँडफाँड भएको थियो । उनले भनिन, ‘गत असार २९ गते राती होटल पैवामा आएर बजेट बाँडफाड गरेको कुरा जानकारी पाएको थिए । अध्यक्ष दान बहादुर बुढालाई बुझ्न खोज्दा उल्टै म सरकार प्रमुख हु भन्दै धम्काएका थिए । त्यस पछि ३१ गते दिउसे बजेट पास गर्ने भन्दै कार्यपालिका बैठक राखिएको थियो । मैले बजेटको सिलिङ माग्दा उल्टै जझाभावी बोलेर आफुमाथि हातपात भएको भन्दै प्रहरी हिरासतमा लिएर मलाई थुनियो । त्यही ३१ गतेको साँझ ११ बजेरको समयमा मलाई हिराशतमा राखेर बहुमतले बजेट पारित गरियो ।

अध्यक्ष दानबहादुरले ममाथी झुटो आरोप लगाएर अभद्र ब्यववहारको मुद्दा लगाए । मैले बजेटको सिलिङ माग्दा खोज्दा समेत मलाई झुटो आरोप लगाएर प्रहरी हिरासतमा राखियो ।

उपाध्यक्षलाई थुनेर होटलमा बसेर ल्याइएको पालिकाको बजेट अमान्य भएको उपाध्यक्ष मल्ल बताउछिन् । गत असार १० गते निति तथा कार्यक्रम सहितको डल्लो बजेट ल्याइएको थियो । त्यसपछि बजेट पारित गर्ने विषयमा गाउँ कार्यपालिकामा कुनै पनि छलफल राखेको छैन । उनले भनिन, ‘म निर्वाचित उपाध्यक्ष हुँ ।

स्थानीयतह संञ्चालन ऐन मै मलाई राजश्व प्ररामर्श समिति ,न्यायिक समितको संयोजक ,बजेट ल्याउने ब्यवस्था कानुनी हो । तर मलाई बन्दक बनाएर ल्याएको बजेट गैरकानुनी हो । अध्यक्ष दान बहादुर बुढासंग मेरो ब्यक्तिगत लेनदेन केही छैन ।तर मेरो अधिकार मिचेर ल्याइएको बजेट स्वकारे छैन ।’

गाउँपालिकाको उपाध्यक्षलाई उसको अधिकारबाट बञ्चित गराइएको छ । यसकारण आफूले आफ्नो मात्रै नभइ मलाई निर्वाचित गराउने आम गुठीचौर बासीको न्यायको निम्ती मैले सर्वोच्च अदालतमा उत्प्रेषण समेतको मुद्दा दायर गरेको उनीले बताइन ।

उपाध्यक्ष मल्ल (भन्डारी) ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं ,जुम्ला जिल्ला गुठीचौर गाउँपालिकाको गाउँसभा ,गुठीचौर गाउँपालिकाको अध्यक्ष दानबहादुर बुढा,गुठीचौर गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत र जिल्ला प्रहरी कार्यालय, उपाध्यक्षले दायर गरेको मुद्दामा(भनिएको छ ,म निवेदक नेपालको सविधानको धारा १३३ (२), (३) र ४६ समेत बमोजिम सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३२ (१), ४०, ४९ समेतका आधारमा नियम ३२(१) बमोजिम निवेदन बापत लाग्ने दस्तुर रु ५०० बुझाई निम्नलिखित निवेदन गर्दछु ।

म निवेदक गत स्थानीय निर्वाचनमा उपाध्यक्ष पदको उम्मेद्धवारभै बहुमत प्राप्तगरी विजयी भएको पदाधिकारी हूँ। पालिकाकी उपाध्यक्ष शान्ति कुमारी मल्ल (भण्डारी) ले गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा लगायतका केही जनप्रतिनिधिको मिलोमतोमा होटल पौवामा बजेट बाँडफाड भएको गत आसर ३१ गते प्रहरीको नियन्त्रणमा रहदा पनि बताउदै आएकी थिइन ।

उनले त्यहा मैले पालिकाले अहिले सम्म गरेको सबै शाखाको खर्च पुरानो आल्या बजेट कति छ भनेर माग गरेको थिए ।त्यो बैठकमा अध्यक्ष दानबहादुर बुढाले मलाई धम्की पुर्ण भाषा बोलेर प्रशासन जानुहोस ,प्रहरी संग पनी जानुहोस ,पत्रकार सम्मेलनमा गर्ने भएनि गनुहोस म बजेटको खर्च पनि तपाइलाई देखाउदिन भनेको बताइन ।

यस पटक मात्रै नभइ म निर्वाचित भइसकेपछि अध्यक्ष बुढाले मेरो अनुगमन बिना धेरै आयोजनाको भुक्तानी दिइएका छन । धेरै मात्रामा होटल र गाडीमा हालेको तेलको बिल पालिकामा आएका थिए । मैले त्यसको लेखाजोखा माग्न खोज्दा उन्दै अध्यक्षले धम्काउने रेका थिए । महिले पालिकाको बजेटको बिषयमा शुसासन कायम गर्न खोज्दा मलाइ थुनेर बजेट ल्याएका हुन । त्यो बजेट कानुन सम्बध छैन । अमान्य छ । यस कारण मैले सर्वोच्चका मुद्दा हालेकी छु ।

त्यस्तै यता गुठीचौरका अध्यक्ष दान बहादुर बुढाका अनुसार उपाध्यक्षलाई बन्दक बनाएर बजेट ल्याइएको भन्ने बिषय गलत भएको बताए । उनले भने, ‘ निति तथा कार्यक्रम उहाँले नै ल्याउनु भएको हो । हामीले उहाँको अधिकार खोसेका छैनौ । बजेट पास गर्ने दिन आसर ३१ गते उहाँले मलाई हातपात गर्नु भयो , महिले उजुरी दिएर प्रहरीले थुनेको हो । उहाँको गलत छ मेरो यसका गल्ती छैन ।’
अहिले अध्यक्ष र उपाध्यक्षबीच आरोप प्रत्यारोप चलिरहेको छ । उपाध्यक्षले सर्वोच्चमा प्रतिशोधको आधारमा मुद्दा दायर गरेको अध्यक्ष बताउछन् । उनले मुद्दा दायर गर्नु गलत र गैरकानुनी भएको पनि दाबी गरे । उनले भने, ‘सर्वोच्च अदालतले हामीलाई यहि २८ गते बोलाएको छ हामी जादैर्छौ । त्यो दिन नै उहाँले दिएको मुद्दाबारे बुझ्छौ ।

सम्बन्धित समाचार