जुम्ला ः मुगुमा पहिरोको जोखिममा रहेका ३४ घर स्थानान्तरण गरेको छ ।मुगु जिल्लाको छायानाथ रारा नगरपालिका १२ लुम्सा गाउँका बाढि र पहिरोको जोखिमका रहेका बस्तीलाई स्थानतरण गरिएको हो ।पहिरोले भत्किएका घर सरकारले निर्माण गरेर स्थानान्तरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले सो गाउँका ३४ घर निर्माण गरि बस्तिनै सारिएको भवन निर्माण आयोजनाका जुम्लाका सवईन्जिनियर चन्द्रबहादुर खड्काले बताए ।
उनका अनुसार छायानाथ रारा नगरपालिका वडा नम्बर १२ लुम्सामा बाढि पहिरोका कारण बिस्थापित परिवारलाई कार्मारोङ गाउँपालिका वडा नम्बर ९ चिमाथ साविक माग्री १ गाउँको पेरेपानी, कासीघर नाउलामा स्थानान्तरणका आवास निर्माण कार्य कार्यक्रम अन्तरगत पहिरोमा भत्किएका घर निर्माण गरिएको छ ।दलित आवास कार्यक्रम अन्तरगत प्रति घर ५ लाखका दरले ति घरहरु निर्माण भएका छन् । वि.सं २०३६ साल, २०६३ साल गरि विभिन्न समयमा लुम्समा आएको भिषण पहिरोबाट सो गाउँ जोखिम भएको थियो । स्थानीय पुर्णचन्द्र विश्वकर्माका अनुसार २०६३ सालमा २ वटा घर भत्किनुका साथै बस्तिनै जोखिम भएको थियो ।
त्यस्तै पटक पटक माग गर्दा गत आर्थिक बर्षमा ३४ घर निर्माण भई बस्ति स्तानान्तरण कार्यक्रम सम्पन्न भएका छन् । हामी अहिले नयाँ घरमा बस्न पाएका छौ,यो नमूना कार्यका लागि सघन सहरी तथा भवन निर्माण आयोजना र मन्त्रालयलाई हार्दिक धन्यवाद दिइएको छ । कार्यालयका अनुसार त्यस क्षेत्रमा ३ करोड लगानीको सड्क निर्माण र ८० लाख बरावरको काम पनि सम्पन्न भएको छ ।