श्रीमानबाटै असुरक्षित छन् जुम्लाका महिला


जुम्ला : परापूर्वकालदेखि भनौ या म बुझ्ने  भएदेखि भनौँ, मेरा आँखा अगाडि प्रत्यक्ष रूपमा आइरहेका धेरै महिला हिंसाका घटनाहरु छन्। श्रीमानले श्रीमतीलाई कुटपीट गरेका , महिलालाइ   घर निकाला गरेर अर्की श्रीमाती ल्याएका धेरै घटना सुन्र देख्न पाइन्छन् । याे समाजमा तपाइ हामीले सुनेका देखेका र  भोगेका घटना यिनै हुन् । म त्यसलाई नजिकबाट नियाल्दै छु ।

हरेक दिन मिहला,बालिकालाई बलात्कार पछि हत्या भएका समाचारहरू पढ्दा समाजकाे चरित्र बुझ्रन सकिन्छ ।  अपराधी फरार भन्दै लेखिएका समाचार छापीएर आउदा हरेक समाजमा महिला असुरक्षित महसुस गर्छन । जसमा जुम्लाका महिला पनि पर्छन । महिला हिंसाको कारणले हरेक घरका आमाहरू डरैडरमा बाँचिरहेका छन् जस्ताे लाग्छ ।

आमाहरु डरको त्रासले आफ्ना छोरीहरुलाई घरबाहिर पठाउनुअघि किन, केका लागि, कोसंग जाने जस्ता थुप्रै प्रश्न सोध्न बाध्य छन् ।

यति बेला जुम्लाको गुठीचौर गाउँपालिका तिन गज्याङकोट स्थायी घर बताउने देवकी सुनारको भिडियो सामाजिक संञ्जालमा भाइरल छ । देवकीले त्यो भिडियोमा उनले श्रीमान बागबहादुरले तीन वर्षको छोरा लिएर कोही नभएको ठाउँमा अलपत्र पारेकाले उद्दारको लागी हारगुहार गरेकी छन । देवकी सुनारको माइती घर चन्दननाथ नगरपालिका ४ सिंगाचौर हो । उनले गुठीचौर गाउँपालिका ३ गज्याङकोटका बागबहादुर कामीसंग बिहे गरेर तीन वर्षको छोरा छ । बागबहादुरले देवकीलाई पैसा कमाउने भनेर छोरा सहित भातरको ब्याङलोर लिएर गएका थिए ।

बागबहादुरले छोरा लिएर देवकीलाई अलपत्र छोडिदिएका छन्। उसो त बागबहादुरका नाममा जिल्ला अदालतमा बहुविवाहको मुद्दा पनि छ । देवकी बागबहादुरले अर्की केटी भगायर लिएको थाहा पाएपछि बहुविवाहको मुद्दा हालेकी थिइन । प्रहरीले बागबहादुरलाई प्रकाउ गरी अनुसन्धान टुंग्याई अदालतमा बुझाएको थियो । तर बागबहादुर जिल्ला अदालत जुम्लामा अर्की केटीसंग बिहे नगरेको भन्दै धरौटिमा छुटेका थिए । पछि उनले देवकीलाई श्रीमाती मान्ने आफ्नो गलत कार्यबाट सुधारिएको भन्दै फकायर भारत लगेर अलपत्र पारेका हुन ।

चन्दननाथ नगरपालिका ४ की देवकी सुनारकी आमा निलि सुनारका अनुसार आफ्नी छोरीलाई माया गरेको नाटक गरेर भारतमा अल्पत्र पारेको बताइन । उनी अहिले छोरीको भिडियो देखेर रून्छन्र । उनी एकल महिला हुन्। श्रीमानको पहिलेनै मृत्यु भइसक्यो । निलि कामीले छोरीको उद्धारको लागी हारगुहार गरेकी छन । उनले जिल्ला प्रहरी कर्यालयमा समेत खोजतलासीको लागी निवेदन दिइएको बताइन । देवकी सुनार एक पतिनिधि पात्रमात्रै हुन । उनी जस्तै जुम्लाका धेरै महिला श्रीमानबाटै असुरक्षित भएका छन ।

महिला दिवसले के अर्थ राख्छ र ? जब हरेक दिन यहाँ महिला जल्नु पर्छ , घरबाट निकालीनु पर्छ । महिलाहरुले महिला हिंसाको कुरा उठाएर न्याय दिलाउनु त धेरैपरको कुरा भयो । गर्भमा आएदेखि जन्मेर मर्नेबेलासम्म पनि नारीहरू सुरक्षित छैनन् । महिलाका दुश्मन महिला नै छन् । दाइजो प्रथाका विरुद्धमा एउटी सासूले बुहारीको पक्षमा बोले बुहारी जिउँदै जल्नुपर्नै थिएन । यस्ता थुप्रै घटनाहरू आज पनि गुपचुपमै सीमित छन् । परिवारको इज्जत जाने डरले कयौ महिलाहरू सहन बाध्य छन् । उनीहरू महिला हिंसाको विरुद्धमा आवाज उठाउन सक्दैनन् ।आफ्नो आवाज दबाएर पीडा सहेर बस्नुबाहेक उनीहरुसंग विकल्प पनि छैन । उनीहरूका लागि बोल्ने कस्ले ? जति कानुन बने पनि नारीहरूका लागि जति अधिकारका कुरा गरे पनि ती सबै कागज पत्र र कुराहरूमा मात्रै सीमित भएका छन् ।

मेरो जुम्ला यस्तो जिल्ला हो जहाँ न्याय पनि पैसामा बिक्छ । धनीहरू पैसाले कानुन र न्यायलाई किनिरहन्छन् । केही पीडीत पनि पैसामा बिक्छन । केही न्याय चाहिन्छ भन्ने गरीबहरू तारीख खेप्दाखेप्दै मरिहन्छन्। सरकारको ध्यान कता छ ? महिला हिंसा उन्मुलनका नाराहरू के ब्यानरमा मात्रै सीमित हुन् त  नारीहरू कहिलेसम्म असुरक्षित ? राष्ट्रपतिका रुपमा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी ,पहिलो महिला सभामुख ओनसरी घर्ती, पहिलो प्रधानन्यायधीश शुशिला कार्की  मुख्य तहमा पुगेका देशका महिला अहिले पनि आफ्न्त र श्रीमानबाट असुरक्षित छन् याे कहिले सम्म भाेग्ने हाे ? निकै गम्भीर प्रश्न छ ।

 

सम्बन्धित समाचार