जुम्ला ः मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले माहिला, बालबालिका श्रम,यौन जस्ता कार्यमा जवर्जस्ती संलग्न गराउने गरेकोभेटिन्छ । महिला वा बालिकालाई यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई मात्र मानव बेचविखन मान्ने परिभाषा निकै पुरानो भइसकेको छ ।पछिल्लो समयममा मानव बेचबिखनको प्रवृति फेरिँदै गएको पाइको छ ।
कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग,जबर्जस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषण गरिन्छ भने त्यो नै मानव बेचबिखन तथा ओसारपसार मान्दै आएको राष्ट्रिय मानव अधिकार आयोग जुम्ला शाखाका प्रमुख धनराज शाहीले बताए । उनका अनुसार हरेक बर्ष झै यस बर्ष पनि संयुक्त राष्ट संघले मानव बेचबिखन सम्बन्धि जनमानस हरुमा सचेतना फैलाउन दिनको रुपमा यो दिवस मनाउने गरिएको छ । उनले भने,गरिवीको फाइदा उठाउदै कतिलाई बैदेशिक जागिरको प्रलोभनमा त कतिलाई बिवाहवारीको मायाजाँलमा पारेर मानव बेचबिखन र तस्करी गर्ने गरेको उदारहणहरु भेटिने गरेका छन् । मानव बेचविखन अन्त्य गर्न हरेक र निकाय सचेत हुन जरुरी छ।
त्यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकालीले नेपालमा पनि सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानून कार्यान्वयनमा ल्याएको छ तर प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरु सजिलै उम्कने गरेको बताए । उनले भने मानव बेचबिखनको बिरुद्ध एकता बद्ध भएर लाग्नु पर्ने छ ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले महिला तथा बालबालिका बेचविखन तथा ओसारपसार नियन्त्रणको प्रशासन र प्रहरी आफ्नो क्षेत्रमा महत्वपूर्ण योगदान गगर्दै आएको छ । तर सबै भन्दा प्रमुख मानिएको स्थानीय तहले यस्तो कर्यक्रम जनस्तरमा पुर्याउनका लागी लागी पर्नु पर्छ । तर स्थानीय तह बिकासका नामा सडक निमार्ण भनव , जस्ता कार्यलाई प्रथामिकथा दिने गरेको पाइन्छ । यसले गर्दा समाजिक मद्दाहरु ओझेलमा परेका छन ।
त्यस्तै ससस्त्र प्रहरीका एसपी चेतराज जोसीले कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरित जवरजस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई मानव बेचविखन मानिन्छ ।उनका अनुसार मानब अधिकार रक्षाको लागी घरपरिवारबाटै सुद्धिन जरुरी छ ।उनले भने मानव बेचबिखनका बिरुद्ध यहा सबै पक्षको सहकार्य आबश्यक छ ।यसको लागी प्रहरी र प्रशासनले मात्रै सम्भव हुदैन ।
त्यस्तै जुम्लाका प्रहरी नायव उपरिक्षक प्रल्हाद कार्कीले नेपाल प्रहरी, बेचबिखन तथा ओसारपसार बिरुद्धको क्षेत्रमा काम गर्दै आएको बताए । उनले भने मानव बेचविखन तथा ओसारपसार एक बहुआयामिक, बहुक्षेत्रगत एवं विश्वव्यापी समस्या हो ।यसलाई जघन्य अपराधको रुपमा लिइने गरिएको छ । यसको रोकथामका लागी प्रहरीको एकल प्रयासले नहुने बताए । उनले भने, नेपाल पनि यस समस्याबाट अछुतो छैन ।प्रहरी नायब उपरिक्षक कार्कीका अनुसार पछिल्लो समयमा रहेक अपराधमा साइबर क्रराइम सम्बन्धीको अपराध बढ्न थालेको छ ।
विश्वमा सूचना तथा सञ्चारसम्बन्धी नयाँ–नयाँ प्रविधिहरू आविष्कार हुने र प्रयोगमा आउने क्रम चलिरहेको छ । उनले थपे,“ विश्वव्यापी रूपमा सूचना तथा प्रविधिको प्रयोग बढ्दै जाँदा नेपाल पनि सूचना प्रविधि तथा अनलाइन सञ्चारको क्षेत्रका निकै अगाडि बढिसकेको छ । चना तथा प्रविधिको क्षेत्रमा सबैको पहुँच स्थापित हुनु सुखद र सकारात्मक पक्ष हो ।सूचना प्रविधिले सञ्चार, व्यापार, शिक्षा, स्वास्थ्य मनोरञ्जन, सार्वजनिक सेवा प्रवाह जस्ता हरेक क्षेत्रलाई सहयोग गरिरहेको छ । सूचना तथा सञ्चार प्रविधिले हरेक मानिसको दैनिकीलाई सहज बनाएको भए पनि यसका नकारात्मक पक्षहरू उत्तिकै मात्रामा देखिने गरेका छन् । पछिल्लो समय संसारभर नै साइबर अपराध टाउकोदुखाइको विषय बन्न थालेको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले महिला र बालवालिका मुद्दाहरुमा पीडितले न्याय पाउन नसक्ने अवस्था छैन । उनले भने,मानव बेचबिखनको बिरुद्धमा एक दिनको दिवसले मात्रै सम्भव नभएको बताए । उनका अनुसार यस्ता कार्यक्रम मुदायस्तरमा हुन जरुरी छ ।
त्यस्तै प्रहरी निरिक्षक याम बहादुर बुढा मगरले आव २०७४र७५ मा २१ जना जुम्लाका बालबालिका बेच्ने उद्देश्यले जिल्ला बाहिर लगिएको विषयमा उजुरी परेको बताए । उनका अनुसार उक्त मुद्दा किनारा लागी सकेको छ । भने,०७७÷७८ मा दर्ता भएको मुद्दा अहिले पनि अनुसन्धानकै क्रममा रहेको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय जुम्लाको आयोजना ,राष्ट्रिय मानव अधिकार आयोग जुम्ला शाखाको समन्वयमा जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयका संयुुक्त रुपमा भएको मानव बेचबिखन विरुद्ध दिवसको १७औँ अन्तर्राष्ट्रिय दिवस यर्ली तथा अन्तरक्रिया कार्यक्रम गरि मनाइएको छ । यस वर्ष सामाजिक न्याय र आर्थिक शशक्तिकरणः मानव बेचबिखनको निर्मूलन भन्ने नारा रहेको थियो । त्यस्तै घरेलु तथा लैगिक हिंसा,कमजोर आर्थिक अबस्था,शिक्षाको कमी,बेरोजगारी,सामाजकि संजालको दुरुपयोग,खुसी जीवनको चाहना लगायतका कारणले मानव बेचबिखनको समस्या बढ्दै गएको पाइन्छ ।