घर घरमा माओवादी जनजनमा माओवादी तिन महिने अभियान : पाटिको निति र सिद्धान्तमा आधारित हुने

जुम्ला : नेकपा माओवादी केन्द्रले जुम्लाका आठ वटा स्थानीय तहका ६० वटै तहमा एकै साथ सूरु भएको छ । माओवादीले घर घरमा माओवादी जनजनमा माओवादी भन्ने मुल नराका साथ सूरु गरिएको तिन महिने देशभर झै जुम्लामा पनि सुरु भएको हो ।

यो तिन महिने अभियान पाटीको निति र सिद्धान्त अनुरुप संञ्चालन हुने छ । जुम्लाको स्थानीयतहहरु चन्दननाथ नगरपालिका, सिंजा गाउँपालिका, कनकासुन्दरी तातोपानी गाउँपालिका, तिला गाउँपालिका, हिमा गाउँपालिका, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिकाका वडाहरुमा एकै भुर्चुअल कार्यक्रम मर्फत प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्डले ) देशभर उद्घाटन गरेका हुन ।


त्यस्तै सिंजा गाउँपालिका : बाजागाजा सहित कार्यक्रमको उद्घाटन गरिएको ईन्चार्ज प्रभात चलाउनेले दिए । उनका अनुसार एक वडामा ईज्चार्ज जंग सार्की वडा नम्बर २ मा नविन शर्मा वडा ३ मा पूर्णप्रसाद धिताल वडा नम्बर ४ मा रतन शाही र सुर्य राना, वडा नम्बर ५ नम्बर दानबहादुर शाही र जनक शाही वडा नम्बर ६ मा हिक्मत खत्रीको नेतृत्वमा वडास्तरमा अभियान संञ्चालन गरेका छन । सिंजामा अन्य पार्टी परित्याग गरि ४ जना नेकपा माओवादीमा सहमाहित भएका ईनचार्ज चलाउनेले बताए । उनले भने,’नेकपा एमाले परित्याग गरि नरविर वड, असाडे वड र नेमकिपा परित्याग गरि विर्ख वड र भक्त वड माओवादीमा प्रवेश गरेका हुन ।

त्यस्तै कनकासुन्दरी गाउँपालिका : सबै वडाहरुमा अभियान शुरु गरिएको ईन्चार्ज नवराज न्यौपानेले बताए । उनले भने, गाउँपालिकामा अभियानको क्रममा देउडा लगायतका विभिन्न कार्यक्रमहरु गरि अभियानको सुरु गरिएको छ । सो कार्यक्रममा ईन्चार्ज न्यौपानेले नेपालमा सवैभन्दा बढि काम माओवादीले गरेको तर प्रचार गर्न नसकिएको बताए । उनका अनुसार अहिले सरकारले थालेको भ्रष्ट्रचार अभियानमा सवैले साथ दिन आवश्यक रहेको छ । उनले भने, कनकासुन्दरी वडानम्बर १ मा भिम भण्डारी, २ मा शेरबहादुर भण्डारी, ३ मा सर्जन बुढा, ४ मा नरबहादुर जिसी, ५ मा राजजंग हमाल, तृर्सना हमाल, ७ मा तञ्जन हमाल, ८ मा अमृत सार्की, नमराज भट्टको नेतृत्वमा अभियान शुरुवात गरिएको छ ।

त्यस्तै तातोपानी गाउँपालिका : सबै वटा वडाहरुमा अभियान शुरु भएको छ । त्यहाका ईन्जार्च विरबहादुर रावतका अनुसार तातोपानीका वडाहरुमा पनि धुमधामका साथ अभियानको उद्घाटन गरिएको छ । उनले भने, आफु वडा नम्बर ८ को कार्यक्रममा सहभागी भएको र १ देखी ८ वटै वडामा अभियानको सुरु भएको छ । अभियानमा देउडा सहित विभिन्न प्रतियोगिता गरीएको छ । तातोपानी गाउँपालिका वडा नम्बर १ मा रेवति रावल, २ मा  ईन्चार्ज ललितजंग महत   , ३ मा पूर्ण धिताल, ४ मा गंगा उपाध्याय ५ मा राजकुमार शाही, ६ मा विशाल खड्का ७ र ८ मा पालिका ईन्चार्ज विरबहादुर रावत खटिएका छन ।

त्यस्तै हिमा गाउँपालिका : हिमा गाउँपालिकामा पनि विभिन्न कार्यक्रम गरि अभियानको सूरु गरिएको छ । त्यो पालिकामा ईन्चार्ज गोविन्द तिमिल्सेना रहनु भएको छ । उनका अनुसार हिमाका सबै वडाहरुमा सरसफाई कार्यक्रम, अन्तरक्रिया, जनचेतनामुलक कार्यक्रम सहित विभिन्न कार्यक्रमहरु गरेर अभियानको संञ्चालन भएको छ । हिमा गाउँपालिकामा वडा नम्बर १ मा कालिबहादुर शाही, रतिमान वि.क, वडा नम्बर २ हिमाली रोकाया ३ नम्बर वडामा अम्मरजंग शाही, ४ नम्बर वडामा पालिका ईन्चार्ज गोविन्द तिमिल्सिना, ५ नम्बर वडामा ५ नम्बर वडामा अग्रबहादुर शाही ६ नम्बरमा प्रेमबहादुर रोकाया, मुन बुढा र ७ नम्बरमा कल्पना दमाई, वलबहादुर रावत ईन्चार्ज खटिएका छन् ।

त्यस्तै गुठिचौर गाउँपालिका : गुठिचौर गाउँपालिकामा बृक्षारोपण, सरसफाई, अन्तरक्रिया कार्यक्रम गरि यो अभियान सूरु गरीएको छ । त्यो पालिकाका ईन्चार्ज रत्न गाहका अनुसार वडा नम्बर १ मा अन्तरक्रिया, वडा नम्बर, वडा नम्बर २ मा सरसफाई, वडा नम्बर ३ मा सरसफाई, ४ मा अन्तरक्रिया र ५ नम्बरवडाको विद्यालय वृक्षारोपण कार्यक्रम गरिएको हो । गुठिचौरको १ नम्बरमा चन्द्र वहादुर नेपाली, २ मा दुर्गा थापा र लालबहादुर थापा, ३ नम्बरमा लक्ष्मी प्रसाद उपाध्याय, ४ नम्बर वडामा बिष्णुबहादुर महत ( गौरव )नम्बर ५मा ईन्जार्च रत्न गाहको उपस्थितीमा कार्यक्रम गरिएको थियो ।

त्यस्तै पातारासी गाउँपालिका :  जिल्लाको पातारासी गाउँपालिकामा पनि अभियानको उद्घाटन भएको छ । त्यहाका इन्चार्ज डाक्टर कलबहादुर रोकायाका अनुसार १ देखी ७ नम्बर वडामा भब्य रुपमा कार्यक्रम भएका छन् । उनका अनसार घरघरमा माओवादी, जनजनमा माओवादी, जनता सँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत ३ महिने अभियानका सहित प्रसाद वोहरा (क. पासाङ), अन्तरगत सवै वडामा कार्यक्रम भएका छन् । उद्घाटन कार्यक्रममा मागल देउडा, ठाडिभाका लगायतका कार्यक्रम गरिएका छन् ।उनले भने, वडा नम्बर १ मा मुनबहादुर बुढा २ मा गोरवहादुर बुढा, ३ मा सेते वोहोरा, ४ मा हरि वहादुर बुढा, ५) जन महतारा ६) पालिका ईन्चार्ज रोकाया सहित किश्वर बुढा र वडा नम्बर ७ मा भक्त बुढाको नेतृत्वमा अभियान शुरु भएको छ ।

त्यस्तै तिला गाउँपालिका : तिला गाउँपालिकाको सवै वडामा पनि अभियानको उद्घाटन भएको छ । अभियानको गाउँपालिका ईन्चार्ज झक्कुप्रसाद घर्तिका अनुसार वडा नम्बर देखी ९ सम्मका वडामा उद्घाटनका कार्यक्रम भएका छन् । उद्घाटनको अवसरमा अन्तरक्रिया, स्थानीय देउडा सहित विभिन्न कार्यक्रमहरु गरि अभियानको उद्घाटन गरिएको छ । उनका अनुसार तिला गाउँपालिका वडा नम्बर १ मा नेतृत्व चन्द्रविर तिरुवा, वडा नम्बर २ मा बिरबहादुर बुढा, वडा नम्बर ३ मा पालिका ईन्चाज झक्कुप्रसाद घर्ति, वडा नम्बर ४ मा जनक परियार वडा नम्बर ५ मा ज्वारीलाल भट्टराई, ६ ) मोतिलाल रोकाया, हस्त बुढा वडा नम्बर ७ जगत शाही वडा नम्बर ९ रामबहादुर रावतले ईन्चाजसिप गर्दै कार्यक्रम उद्घाटन गरिएको जानकारी दिए ।

त्यस्तै चन्दननाथ नगरपालिका :  जिल्लाको चन्दननाथ नगरपालिकामा पनि अभियानको उद्घाटन कार्यक्रम भएको छ । नगर ईन्चार्ज विरबहादुर थापाका अनुसार उद्योग बाणिज्य संघको हलमा केन्द्रीय कार्यक्रम अनुसार केन्द्रीय अध्यक्षको सम्वोधन सुन्नुका साथै अभियानलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा अन्तरक्रिया र सुझाव संकलन गरिएको छ ।

चन्दननाथ नगरपालिका वडा नम्बर १ मा भवानी प्रसाद अधिकारी, वडा नम्बर २ मा सुरेश भण्डारी, वडा नम्बर ३ मा राजवहादुर भक्री, वडा नम्बर ४ मा ईन्चार्ज विर्खवहादुर थापा, वडा नम्बर ५ विर्ख कार्की, वडा नम्बर ६ लक्ष्मी कार्की, वडा नम्बर ७ यूवक महत, वडा नम्बर ८ पूर्णिमा विक, वडा नम्बर ९ अप्सरा न्यौपाने, वडा नम्बर १० विष्णु बुढा रहेका छन् । सबै पदाधिकारी जाने वडाहरु तोकिएको छ । अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई माओवादीको योजना सुनाउने लक्ष्य छ । माओवादीले यो अभियानलाई आफूहरूको अन्तिम परीक्षाको रुपमा लिने पनि बताउदै आएको छ ।

सम्बन्धित समाचार