जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पनि अब डायलाइसिस सेवा सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार औपचारिक रूपमा उद्घाटन गरेका हुन । अस्पताल कर्णाली प्रदेश सहित सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यस पटक देखि प्रतिष्ठानमा यो सेवा सुरु भएको छ । मिर्गौला रोगीलाई केन्द्रित गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले यहा डाइलसिस सेवा दिइने भएको छ । उनका अनुसार पछिल्लो समय अस्वस्थ खानपानले मिर्गौला रोगी बढ्दै गएका छन ।
नागरिकले खानपानमा पनि ध्यान दिनुपर्ने वेला आएको छ । अब यो क्षेत्रका मिर्गौला रोगका बिरामीले डायलाइसिस सेवा पाउने भएका छन्। जसका कारणले यहाँका नागरिकलाई सहज हुने भएको छ। डायलाइसिस सेवा सञ्चालन भएपछि यहाका मृगौलाका रोगिले डाइलसिस सेवा घर अंगानमै पाउने भएका छन । माथिल्लो कर्णालीमा स्वास्थ्य उपचार वृद्धि गर्नु भनेकै यहाँका नागरिकको आयु वृद्धि गर्नु हो।
त्यस्तै प्रतिष्ठानका अस्पताल निर्देशक डा. पुजन रोकायाका अनुसार डायलाइसिसको मेसिन जडान गरेर औपचारिक रूपमा सेवा सञ्चालन भएको छ। उनले भने, ‘जब मिर्गौला रोगीहरूको मिर्गौलाले काम गर्दैन। शरीरका फोहोर चिजहरू फालिरहेको हुँदैन। उति नै वेला मिर्गौलाले गर्ने काम मेसिनले गरिरहेको हुन्छ । त्यही सेवा दिने हेतुले सुरु भएको डायलाइसिस सेवाले कर्णालीका मिर्गौला रोगीहरूका लागि निकै राहत प्रदान गर्ने अपेक्षा गरिएको छ।
उनले डायलाइसिस सेवा लिन मिर्गौला रोगीहरूलाई आह्वानसमेत गरेका छन्। ’मिर्गौलाका बिरामीहरू आउनुहोस्। हामी सेवा दिन तयार भइसकेका छौँ,’ उनले भने । डायलाइसिस सेवा प्रदान गर्न विशिष्टकृत सेवा पढेको जनशक्ति छैन। तर, कर्णाली प्रतिष्ठानको जनशक्तिको भरपूर प्रयोग गरेर सेवा दिइनेछ। जसका लागि एक नर्सिङ अफिसर र दुईजना स्टाफ नर्सलाई तालिम दिएर खटाइएको छ। उनीहरूले चिकित्सकहरूको निगरानीमा सेवा दिनेछन ।
यो सेवा अस्पतालले निःशुल्क रूपमा प्रदान गर्ने भए पनि आउजाउ गर्न र डेरा लिएर बस्नुपर्दा मिर्गौलाका रोगीहरू निकै महँगोमा सेवा लिइरहन बाध्य थिए। ‘यसअघि सुर्खेत, नेपालगन्ज र काठमाडौंका सुविधासम्पन्न अस्पतालसम्म पुगेर मिर्गौला रोगीहरूले डायलाइसिस सेवा लिइरहेका थिए । उनीहरूले अब घरपायक सेवा पाउने भए ।
यो खुसीको कुरा हो,’ निर्देशक रोकायाले भने। सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ६ वटा डायलाइसिस मेसिन दिइएको छ। जसमध्ये दुई मेसिन मात्र प्रयोगमा ल्याइएको छ। बिरामीको चापअनुसार मेसिनहरू जडान गरेर सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ।