नेकपा एकीकृत समाजवादीले माघमा १०औं महाधिवेशन गर्ने, एमसीसी अनुममन गर्न समिति बनाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको पहिलो महाधिवेशन माघ १४ देखि १८ गतेसम्म गर्ने निर्णय गरेको छ ।

पार्टीको छैटौं पूर्ण बैठकबाट एकीकृत समाजवादीले माघमा महाधिवेशन गर्ने निणय गरेको छ । को मिति तोके पनि स्थान भने सचिवालय बैठकले तय गर्ने भएको छ ।

नेकपा गठन भएको यहि भदौ ९ गते दुई वर्ष पुग्दै छ । पार्टी निमार्ण भएको अढाइ वर्षमा महाधिवेशन गर्ने भएको छ । एकीकृत समाजवादी नेकपा एमालेबाट २०७८ सालमा विभाजन भएको हो ।
नेकपा एकीकृत समाजवादी बनेको अढाई वर्षमा महाधिवेशन गर्ने भएपनि आगामी महाविधेशनलाई १० औं महाविधेशनका रूपमा नै निरन्तरता दिने अघि बढाउने निर्णय गरेको बैठक पछि जारी विज्ञप्तीमा जनाएको छ ।

पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको अनुगमनका लागि समिति बनाउने निर्णय गरेको छ । एमसीसीका विषयमा जनतालाई सुसूचित गर्नका लागि पार्टीका तर्फबाट अनुगमन समिति बनाउने निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

सम्बन्धित समाचार