बाढीले क्षेति गरेको पछि देविमहादेव विद्यालयको पठनपाठन प्रभावित


जुम्ला : बुधबार बर्षासँगै आएको बाढीका कारण देविमहादेव माध्यमिक बिद्यालयको पठनपाठन प्रभावित भएको छ । तिला गाउँपालिका – ६ रुखेडास्थित देविमहादेव माध्यामिक विद्यालयमा ६–११ कक्षासम्मका अध्यायनरत्त बिद्यार्थीहरुको पढाई प्रभावित भएको हो । बाढीले क्षति गरेपछि विद्यालयमा दुई दिनदेखि बन्द छ ।
यो विद्यालय हालै नयाँ शैक्षिक सत्र बैशाखदेखि सञ्चालनमा ल्याएको हो । खोलाको किनारमा विद्यालयमा स्थापना गरी सञ्चालनमा ल्याएकोले बाढीपहिरोको जोखिम रहेको क्षेत्र मानिएको छ ।त्यो क्षेत्र कुनै न कुनै बेला यो विद्यालयमा बाढीले क्षति गर्ने नागरिकले आकलन गरेका थिए । बुधबार आएको बाढीले विद्यालयमा क्षति बनायो ।

त्यस्तै खप्रधानाध्यापक झुपे रावतका अनुसार बुधबार आएको बाढीले विद्यालयको चारकोठे भवनमा क्षति पुगेको छ । उनले भने,त्यो भवनमा विज्ञानको ल्याव, कम्प्यूटर कक्षा र स्कूलको कार्यालय रहेको थियो । भवनभित्रै बाढी पसेपछि बगाएर लिनुका साथै भिजेका छन् । भवन पनि भत्किएको छ ।

ढिपु, सुडि र रिपीमा विद्यार्थीलाई पायक पर्ने गरी रुखेडामा ६–१२ कक्षाको विद्यालय सञ्चालन गरिएको हो । तीन गाउँका कक्षा १० सम्मका २२० जना र कक्षा ११ का ५० जना विद्यार्थी रहेका छ । प्रधानाध्यापक रावतका अनुसार बाढीले विद्यालयका भौतिक संरचना क्षति गर्नुका साथै रिपी र सुडिदेखि विद्यालयसम्म आवतजावत गर्ने दुई वटा काठेपुल पनि बगेर गए । विद्यालयमा जान सकिने अवस्था छैन ।

बाढीले केकति क्षति ग¥यो । त्यहाँ पुग्न सकिएको छैन प्रधानाध्यापक रावतले भने क्षतिको एकिन गर्न गाउँपालिका मुकाम रारालिहिस्थित प्रहरी चौकीलाई खबर गरिएको छ । भोलि शुक्रबार मात्रै घटना पुग्ने खबर प्राप्त भएको छ ।तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार अहिले तत्काल त्यही स्कूलमा पठनपाठन गर्न सक्ने अवस्था छैन ।

विद्यालय भरी बाढीले ढुंगा गिट्टी, बालुवा झारपात थुपारेको छ । विद्यालय जाने काठेपुल पनि बगिसकेका छैन । उनले भने २÷४ दिनमा खोलामा पानी घटेपछि विद्यालयमा जान सकिने सम्भावना छ ।
बर्षाद भईरहयो भने जान सकिने अवस्था हुदैन । खोलामा पानी नघटेको खण्डमा त्यसका लागि केही बैकल्पिक उपाया गरेर पठनपाठन सुचारु गर्ने योजना छ ।

सम्बन्धित समाचार