२०४८ देखीका भ्रष्टाचार काण्ड छानबिन गर्न सांसद बिसुन्केको माग

काठमाडौ : नेकपाकी सांसद पार्वती बिसुन्केले २०४८ साल यताका सम्पुर्ण भ्रष्टाचारका काण्डहरु निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ ।
मंगलबारको प्रतिनीधीसभा बैठकको सुन्य समयमा बोल्दै सांसद बिसुन्केले भ्रष्टचारीलाइ सत्ता पक्ष र प्रतिपक्षको आखाले हेर्न नहुने भन्दै उच्च स्तरीय छानबिन आयोग मार्फत भ्रष्टचारका घटनाहरुको छानबिन गर्न माग गर्नुभयो ।
संसदमा स्वच्छ छबीका सांसदहरु पनि रहेको भन्दै उहांले निष्पक्ष छानबिनमार्फत भ्रष्टचार नियन्त्रण तर्फ अघि बढ्नुपर्ने बताउनुभयो








