विनाशकारी भूकम्प गएको चार वर्ष पूरा, पुनर्निर्माण अझै सुस्त

काठमाडौं । विस २०७२ साल बैशाख १२ ठूलो मात्रामा जनधनको क्षति गराएको भूकम्प गएको चार वर्ष पूरा भएको छ । चार वर्षअघि अर्थात् २०७२ साल वैशाख १२ गते ७ दशमलव आठ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पका कारण काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, गोरखा, रसुवा, रामेछाप, धादिङसहितका १४ जिल्लामा बढी क्षति भएको थियो । झण्डै ८ लाख नागरिकले भूकम्पको प्रत्यक्ष मारमा परेका थिए ।
भूकम्पमा परि कम्तिमा ८ हजार ७ सय ९० जनाले ज्यान गुमाए । झण्डै २२ हजार नागरिक घाइते भएका थिए । अतिप्रभावित १४ र कम प्रभावित १८ गरि ३२ जिल्लामा भूकम्पको असर अझै बाँकी छ । भत्केका घरको पुनर्निर्माणमा समेत निर्धा्रित लक्ष्य अनुसार काम हुन सकेको छैन ।
निजी आवस निर्माणतर्फ अहिलेसम्म चार लाख तीन हजार दुई सय ८० लाभग्राहीले तेस्रो किस्तानको अनुदान लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार