पशुपतिमा नाम लेखाउने रहर जागेर ओलीले जलहरी राखेका रहेछन् : सांसद दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने काम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नाम लेखाउन राखेको बताएका छन् । सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनता कोरोनाको मारमा परेको बेलामा औषधि उपचार गर्न समेत अप्ठ्यारो रहेको अवस्थामा ओलीको उक्त निर्णय आफ्नो नाम लेखाउन गरेको प्रष्ट भएको बताएका छन् ।

उनले २ सय वर्षदेखि नियमित चाँदीको जलहरी लगाइरहेको ठाउँमा सुनको जलहरी लगाउनुपर्ने आफैँमा वस्तुगत निर्णय नभएको उनको जिकिर छ ।

उनले भने, ‘केपी ओलीजीले सुनको जलहरीमा आफ्नो नाम लेख्नुभएको छ । विद्या भण्डारीको नाम, भानुभक्त ढकालको नाम, लगायत धेरैको नाम लेख्नुभएको रहेछ । पशुपतिमा नाम लेखाउने रहर जागेर उहाँले जलहरी लगाउनुभएको रहेछ । अख्तियारले हात हालिसकेपछि सबै विषय बाहिर ल्याउनुपर्छ ।’

सांसद दाहालले जलहरी बनाउन दाताहरूले दिएको रकम उल्लेख नगराइएको भन्दै सबै पक्षहरूको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरे ।

सम्बन्धित समाचार