दिवसको ¥यालिले रोकिदैन,लागुऔषध

जुम्ला : कहिले यति लागुऔषधका साथ यति जना प्रकाउ परे,अनि कहिले यति जनालाई यो साम्रगी बनाँउदा बनाँउदै पक्राउ लगायत बिभिन्न अन्य समाचारहरु हामीले बिभिन्न परिपेक्ष्यमा सुन्दै आएका छौं ।हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस का रुपमा मनाउने निर्णय संयूक्तराष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको रहेछ ।

यस दिवसको एउटामात्र उदेश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोवारवाट मुक्त गराउनु हो । जुम्लामा लागुऔषधका प्रयोगकर्ता अनि कारोवारीहरु १८ वर्ष भन्दा माथी र ४० वर्ष भन्दा तलउम्मेर समुहका धेरै यूवा नै छन् । किनभने यो उमेरमा मान्छेहरु अत्यन्त जोखिम अनि तरल अवस्थामा हुने गर्दछन् भनेर मनोविज्ञहरुले बताउदै आएको पाइन्छ ।

अझ थोरै समयमा धेरै पैसो कमाउने लालसा अनि नशाको लतले त झन यूवाहरुलाई जोखिमको घेरामा राखिरहेको पाइन्छ । लागुऔषधको असन्तुलीत प्रयोगले मात्र विश्वमा हरेक वर्ष कति मान्छे मर्ने गर्दछन् भने तथ्याङ्क यकिन गर्न सक्ने अवस्थामै छैनन ।पछिल्लो समयमा जुम्ला यतातायातको पहुचमा पुगे पछि लागुऔषधको अबस्था भहभह छ । खुल्ला सिमाना अनि प्रत्यक्ष प्रभावका कारण यस समस्यावाट अछुतो जुम्ला छैन्, लागु औषध कारोवारले अपराध र अराजकता निम्त्याउने पक्का त छ ।

फितलो राज्यव्यबस्था कारण लागुऔषध नियन्त्रण भएन
गाँजाको अनाधिकृत खेति र प्रयोग अनि भारतवाट सहजै आयात गर्न मिल्ने पदार्थ र फितलो राज्यव्यबस्थाका कारणले अहिले नेपाल पनि लागुऔषधको कार्यभूमि बन्दै आएको बताइन्छ । उता ओखती अनि डाक्टरी कागजको उपयोग गरेर बिभिन्न लागुऔषध किनेर खाने र सुई हान्नेको जमात पनि नेपालमा बढ्दो छ जुन अत्यन्त दुख्खलाग्दो कुरा हो ।
सडक बालबालिकाले डेन्ड्राइट नामक सुँघेर नशा लाग्ने तत्वको प्रयोग खुलेयाम गरिहँदा पनि प्रशासन लगभग मौन नै देखिन्छ ।

नेपालका बिभिन्न शहरहरुमा व्यवसाहीक रुपमै खोलिएका दुव्र्यसन सुधार केन्द्रहरु अनि तिनको व्यवसाहीक सफलताले हाम्रो वास्तवीक अवस्था वयान गरिहेको छ ।आजको यस विशेष दिन अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसमा नेपाली सरकार,समुदाय अनि सरोकारवालाले यस विषयमा संवेदनशीलताका साथ हातेमालो गर्नुपर्ने देखिन्छ ।
लागु औषध नियन्त्रण गर्न राज्य नै उदासिन

त्यस्तै श्री ५को सरकार भन्ने राज्पत्रमा २०५१ साल २ महिना २ गतेको निणर्य अनुसार लागु औषध( नियन्त्रण) सम्बन्धी ऐन  २०३३ को दफा ३को खण्ड (क) उप खण्ड (७)को प्रयोजनको लागी देहायका बस्तुहरुलाई लागु औषध मान्ने भनेर अनुसुचिमा राखेको छ । २०८० सालमा आइपुग्दा यो ऐन बनेको ३० वर्षमा प्रवेश गरिसकेको छ । प्रबिधिको बिकास संगै बिभिन्न औषधी निमार्ण हुन थालेको छन । लागु औषध ब्राउनसुगर बराबर काम गर्ने अरु थुप्र्रै नामका लागुऔध बनी सकेका छन । राज्य अहिले सम्म ३० वर्ष पुरानो ऐन २०३३ लाई कुरेर बसेको जिल्ला समन्वय समिका प्रमुख गौरी नन्द आचार्यले बताए । २०३३ ऐनम नौ वटालाई लागु औषध भनेर अनुसुचिमा राखेको छ ।

त्यस्तै अहिले जुम्ला प्रहरीले प्रकाउका क्रममा ट्रामाडोल,प्रिग्यापलिङ, गाबा , याबा जस्ता लागु औषधका नयाँ नामका बस्तुहरु फेला पार्न थालेको छ । यि प्रहरीले अनुसन्धामा आएका लागुऔषधका नाम हरु हुन । अरु लागुऔषध कै काम गर्ने थु्रपै ट्याब्लेटहरु पनि बनेका होलानन् यसमा राज्यनै सुतेको देखिन्छ । सरकारले ३० वर्ष सम्म लागुऔषध निणन्त्रण सम्बन्धी नयाँ ऐन नबनाइदिएका कारण प्रहरीलाई नयाँ भटिएको लागुऔषधको बम्बन्धी मुद्दा चलाउन गाहे हुन थालेको छ।

त्यस्तै लागुऔषधका बिषयमा राज्य निद्रामा हुनुले राज्य यसमा आशंका लाग्ने गरेको नागरिक समाजका अध्यक्ष राज बहादुर महतले बताए । उनका अनुसार सबै औषध बिभागहरु उनिहरुका छन । यो या त्यो ढंगले सांसद देखि मन्त्री सम्म उनीहरु नै छन। यस्ता खालका कानुन बनाएको खण्डमा उनीहरुको ब्यवसाय धरापमा जाने हुदा ३० वर्ष पुरानो ऐन २०३३ लाई कुरेर बसेको देखिन्छ ।
लागुऔषधको पहिलो चरण चुरोट

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक तथा सुचना अधिकारी धर्मराज जोसी भन्छन ,चुरोट ,तमाखु, रक्सी जस्ता बस्तुको सेवनले हिरो हैन जीरो बनाँउदछ भन्ने कुराहरु हाम्रो समाजलाई दिन जरुरी छ ।उनले भने,’पहिलो लागुऔषधको चरण चुरोट हो । चुरोटका ठुटावाट खोक्दै शुरु गरेको नशायात्रा गएर कहाँ अनि कति पर सकिन्छ थाहा हुँदैन्, जीवनमा रस खोजौं नशामा हैन भन्ने कुराको जानकारी सबैलाई गराउन पर्ने देखिन्छ । उनका अनुसार हरेकको घरघरमा लागु औषधको सूरु भएको छ ।

लागुऔषधको पहिलो चरण चुरोट ,दास्रो चरण मादक पदार्थ ।तेस्रोचरण गाँजा÷चरेश चौथो चरण मेडिकल औषधीहरु ,पाँचौ हिरोइन ÷कोकिन छटौँ चरण सुइबाट दिइने लागुऔषधहरु र सातौँ चरण भनेको मुत्यु हुने चरण हो । मदिरा जन्य पदार्थलाई पनि लागु औषधको बराबर सजाय हुनु पर्छ । यसमा राज्यनै सुतेको देखिन्छ ।तर नेपालको राज्यव्यबस्थाको उपयोग गर्दै लागुऔषध तस्करका ठुलै सञ्जाल सक्रिय रहेको पनि बताइन्छ । उनीहरुको सञ्जाल बिमानस्थल, भन्सार, सिमा अनि आयात निर्यात केन्द्रमा प्रभावशाली रहेको पाइन्छ । सामान्य बैदेशिक कामदारले ल्याएको टिभीको पनि खोलेर तलाशी लिने अनि दुख्ख दिने सरकार अनि कर्मचारीको नाकैमुनीवाट हजारौं किलो लागुऔषध ल्याइन्छ तर त्यो भने देखिन्न । सबै भरी लागुऔषध सम्बन्धीका दिवस मनाएयर हुदैन । आज मनाइएको अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मा सबैको यस तर्फ ध्यान जाओस् ।

आर्थिक वर्ष २०७९ ÷८०को प्रहरीको तथ्याङक
आर्थिक वर्ष २०७९÷८० को हाल सम्म जुम्ला प्रहरीले ९ वटा लागुऔषधका मुद्दा चलाएको छ । जसमा १८ वर्ष देखी ४० वर्ष सम्मका १८ जनालाई प्रकाउ गरिएको छ । ब्राउनसुगर १२.१४३ ग्राम , गाँजा÷चरेश ४०० ग्राम र नाइट्राभेट ट्याब्लेट ३४ वटा बरामत गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक तथा सुचना अधिकारी धर्मराज जोसीले बताए । प्रहरीका अनुसार सबै भन्दा पहिला लागु पदार्थ पहिचान गर्ने ’किट’ चाहियो। त्यसपछि तालिमप्राप्त जनशक्ति चाहियो । यता तिर राज्यको ध्यान जानु पर्यो। प्रहरीको कारबाही भनेको एक विकल्प मात्र हो। त्यसले मात्र लागु पदार्थ दुर्व्यसनको वर्तमान स्थितिमा सुधार हुँदैन।

चेकपोष्टमा किन बारामत हुदैन लागुऔध
ब्राउन सुगर र गाँजाको बरामद परिणामका आधारमा त्यस्ता प्रकारका वस्तुहरूको सेवनकर्ता ह्वात्तै बढेको अनुमान गर्न सहजै सकिन्छ । तर मुख्य यो भित्रिले नाकामा कडाई किन हुदैन भन्ने प्र्रश्न आम नागरिकको हो । कर्णाली प्रदेस सुर्खेत हुदै जुम्ला आउने कर्णाली राजमार्गमा एकदर्जन भन्दाबढी प्रहरी चोकपोष्ट राखिएका छन ।जुम्लाको सदरुकाम सम्म पुग्नका लागी मात्रै ६ वटा प्रहरीका चेकपोष्ट रहेका छन । लागुऔषध बरामत गर्ने जुम्ला प्रहरी कर्णाली प्रदेशको दोस्रो जिल्लाको रुपमा छ । पहिलो सुर्खेत रहेको देखिन्छ । यसरी जुम्ला दोस्रो स्थानमा दैलेखमा राखिएका पहरीका चेक पोष्ट र कलिकोट जिल्लामा राखीएका चेकपोष्टले बढी बरामत गर्नु पर्ने हो ।लागुऔषध आउने नाकामा ति चेकपोष्ट रहेका छन । तर उनीहरुको काम सवारी साधन इन्ट्री गर्ने मात्रै रहेको देखिन्छ ।

नेपालमा भित्रिने नाखा
नेपाल प्रहरीका अनुसार नेपालमा लागु पदार्थ भित्रिने प्रमुख चारवटा नाका रहेका छन् । त्यस्ता नाकाहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज, भैरहवा तथा काँकरभिट्टा रहेको प्रहरीका अधिकारीहरु बताउँछन्। विभिन्न मुलुकबाट नेपालमा लागु पदार्थ भित्र्याउने वा नेपाल हुँदै अन्य मुलुक लैजाने क्रम विगतदेखि नै चल्दै आएको हो । त्यस्का अतिरिक्त खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट र लागु पदार्थ अन्य नाकाहरूबाट नेपाल भित्र्याउने गरिएको पाइन्छ ।

सम्बन्धित समाचार