सुर्खेत १३ बैशाख ।
सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्वर २ काफलकोटमा रहेको स्वास्थ्यचौकी भवन निर्माण कार्य अलपत्र बन्दा सेवाग्राही मर्कामा परेका छन् । आर्थिक वर्ष २०७०-०७१ मा निर्माण कार्य सुरु भएको स्वास्थ्यचौकी भवन अलपत्र बनेको हो ।
आर्थिक वर्ष २०६७-०६८ मा सम्झौता भई २०७०-०७१ सहरी विकास तथा भवन डिभिजन कार्यलय सुर्खेतको लागतमा निर्माण कार्य सुरु भएको सिम्ता गाउँपालिका वडा नम्वर २ काफलकोटमा रहेको काफलकोट स्वास्थ्य चौकी भवन अहिले अलपत्र अवस्थामा रहेको छ ।
करिब तिन करोडकोे लगानीमा बन्न लागेको उक्त भवन नबन्दा सेवा प्रवाहमा समस्या भएको हो ।
अहिले प्रयोगमा आईरहेको स्वास्थचौकीको भवन साँघुरो भएका कारणले आफुरुलाई बस्ने गतिलो व्यवस्था समेत नभएको स्थानिय सेवाग्राहस कौशिला खट्काले बताउनुभयो ।
भवन निर्माण कार्य अलपत्र बन्दा सुत्केरिमहिलाहरुले निकै कष्ट भोग्नु परेको र आफुहरुलाई पनि सेवा प्रवाह गर्न असहज भएको स्वास्थ्यचौककिा अहेव कुल बहादुर हमालले बताउनुभयो ।
भवन निर्माण कार्यलाई संचालन गर्नका लागी वडा कार्यालयको तर्फबाट सक्दो प्रयास गर्दा पनि ठेकेदारले लापरवाही गरेको र सहरी विकास कार्यालयले पनि कुनै चासो नदिएको वडा अध्यक्ष हरी बहादुर सिंहले बताउनुभयो ।
भवन निर्माणको जिम्मा लिएको फ्राईन्ड कन्सटक्सन काभ्रे अहिले सम्म पनि सम्पर्कमा आउन सकेको छैन ।