यौन दुर्व्यवहार प्रकरण घटनास्थलबाट रक्सीका बोतल र कपडा बरामद

काठमाडौं : जबरजस्तीकरणीकोआरोप लागेपछि सभामुख पदका राजीनामा दिएका कृष्णबहादुर महराको प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ ।

मंगलबार दिउँसो घटना भएको भनिएको सुविधानगरस्थित पीडितको घरबाट रक्सीका बोतल, कपडा र अन्य सबुत संकलन गरिएको प्रहरीस्रोतले बतायो ।अनुसन्धानमा संलग्न एक अधिकृतले अनलाइनखबरसँगभने, ‘हामीले सीसी टीभी फुटेज संकलन गरेर पनि विश्लेषण थालेका छौं ।’

आफ्नै कर्मचारीले जबरजस्तीकरणीको आरोप लगाएपछि महराले मंगलबार दिउँसो पदबाट राजीनामा दिएका छन् ।
कृष्णबहादुर महरा सभामुखका रुपमा फेरि फर्कने सम्भावना छँदै छैन’
प्रतिनिधि सभाको सभामुख पद रिक्त भएको छ । सभामुख कृष्णबहादुर महराले लिखित राजीनामा दिएसँगै प्रतिनिधि सभाको सभामुख पद रिक्त भएको हो ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेसँगै सभामुख महराले राजीनामा दिनुभएको हो । संविधानको धारा ९१ को उपधारा ६ को (ख) ले सभामुखले लिखित राजीनामा दिएमा पद रिक्त हुने व्यवस्था गरेकाले मंगलबारबाट प्रतिनिधि सभामा सभामुख पद रिक्त भएको छ ।

 

सभामुखको राजीनामासँगै अर्को व्यवस्था नहुञ्जेलसम्म उपसभामुखले नै सभामुखको कार्यभार सम्हाल्ने छन् । सभामुखबाट लिखित राजीनामा दिएकाले महरा फेरि सभामुखमा फर्कने बाटो संविधानले नै बन्द गरिसकेको छ । महराले राजीनामा दिएसँगै अबको सभामुख को हुन्छ भन्ने पनि चर्चा चल्न थालेको छ ।

प्रतिनिधिसभा नियवावली २०७५
प्रतिनिधिसभा नियवावली २०७५

तर महराले दिएको राजीनामा पत्रमा शर्त तेर्स्याएइकाे छ । आफूमाथि लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा ‘आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्म’का लागि राजीनामा दिएको छु भन्ने व्यहोरा महराले दिएको राजीनामा पत्रमा उल्लेख छ ।

तर निश्चित समयका लागि मात्रै राजीनामा दिन पाउने व्यवस्था संविधानमा उल्लेख छैन । महराले ‘छानबिन प्रक्रिया नसकिँदासम्म’का लागि मात्रै भनेर दिएको राजीनामा पत्र फेरि सभामुखमै फर्कन्छु भन्ने मानसिकताले आएको देखाएको संविधानविद् विपिन अधिकारी बताउनुहुन्छ ।

नेपालको संविधानले राजीनामा अवधि किटेर दिने भन्ने खालको परिकल्पना नै नगरेकाले यसरी राजीनामा आउनु अचम्म भएको पनि उहाँले बताउनुभयो । सभामुखले दिएको राजीनामा अब स्वीकृतिका लागि राष्ट्रपतिकहाँ पठाउने र राष्ट्रपतिले स्वीकृत गरेपछि भने पदमुक्त हुने उहाँले बताउनुभयो ।

‘महराले कि त राजीनामा नै नदिई हाउसले जे गर्छ गरोस् भन्नु पर्ने थियो वा त राजीनामा दिएपछि अवधि किटेर दिने भन्ने हुनुहुँदैन थियो’, उहाँले भन्नुभयो । महराले समय किटेर राजीनामा दिनुभन्दा बरु सधैँका लागि बिदा लिएको भए उचित हुने पनि उहाँले बताउनुभयो ।

राजीनामा भनेको पूर्णतः राजीनामा नै रहेको भन्दै उहाँले महराले बुझाएको पत्र स्वनिलम्बन जस्तो देखिएको बताउनुभयो । संविधानमा स्वनिलम्बनको परिकल्पना नै नगरेकाले अब महराले दिएको लिखित राजीनामालाई राष्ट्रपतिले स्वीकृत गरेर पदमुक्त गर्नुको अरु विकल्प नरहेको अधिकारी बताउनुहुन्छ ।