जुम्ला : जुम्लामा पुल तर्ने क्रममा चिप्लिएर एक युवा बेपत्ता भएका छन्। तिला गाउँपालिका–१ मा निर्मित अस्थायी पुल बाट चिप्लिए तिला–६ घोडे गाउँका कर्णबहादुर रोकाया छोरा अन्दाजी १७ वर्षका मोहन रोकाया रहेका बेपत्ता भएका हुन । तिला नदि तर्ने क्रममा मंगलबार विहान ६ वजेर ५० मिनेटमा बेपत्ता भएको भन्ने खवर पाएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले बताए । उनका अनुसार तिला–१ रारालिही बजारबाट घर जाने क्रममा उनी चिप्लिएका थिए। चामलको बोरा लिएर तिला नदि तर्ने क्रममा पुलबाट चिप्लिएर बेपत्ता भएको पाइएको छ । जिल्ला प्रहरी कर्यालयका अनुसार बिपदको टोलि र सशस्त्रत्रप्रहरीको टोलीले पनि खोजीकार्य जारी राखेको छ । तिला नदिको धमिलो भएकोले खोज्न समस्या भएको छ । नाग्म प्रहरीलाई पनि खवर गरिएको छ।