जुम्ला : जुम्ला पनि बिश्व वातावरण दिवस मनाइएको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस मनाउने गरिएको हो ।सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको पाइन्छ । यस वर्ष ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’भन्ने राष्ट्रिय नाराका साथ डिभिजन वन कार्यालय जुम्लाको आयोजनामा ५० औँ विश्व वातावरण दिवस अन्तरक्रिया कर्याक्रम गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्दा आचार्यले हामी सबैले आफ्नो घरवरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनु पर्ने बताए । उनले भने, नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको हकलाई सार्थक बनाउनका लागी वातावरण संरक्षण गर्न जरुरी छ ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले ‘मानव जातिको महत्त्वाकांक्षा बढ्दै जाँदा भएको प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन भएको बताए । उनले भने,यसले गर्दा जैविक विविधताको ह्रास भएको छ । यसलाई रोकथाम गर्न चुनौती बनेको छ ।
त्यस्तै सामुदायिक वनका अध्यक्ष गोकर्ण चौलागाईले लवायु परिवर्तनको प्रतिकूल प्रभाव परेको बताए । उनका अनुसार प्लास्टिकजन्य प्रदूषणले वातावरणीय क्षेत्रमा समेत नकारात्मक प्रभाव पारेको छ ।
त्यस्तै विज्ञानको नविनतम विकासको उदाहरण स्वरुप उत्पादन भएको प्लास्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लास्टिकजन्य फोहोर वर्तमान समयको एक प्रमुख वातावरणीय चुनौती बन्न पुगेको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेशजङ खत्रीले बताए । उनले भने,विकासलाई वातावरणमैत्री बनाउन आवश्यक औल्याए । उनका अनुसार दिगो विकासको अवधारणा बमोजिम नै नेपाल सरकारले सञ्चालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई अनिवार्य रुपमा सम्वोधन गर्नुपर्ने व्यवस्था वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले गरेको छ ।
त्यस्तै कर्णाली प्राविधिक शिक्षालयका प्रमुख टेकेन्द्र थापाले जुम्लामा प्लाष्टिकजन्य पदार्थको व्यवस्थापर्नका लागी सबैले प्रतिबद्धता गर्नु पर्ने बताए । उनले वातावरणीय समस्याहरूसँग जुध्न यहाका सबै सरोकारवाला लागी पर्नु पर्छ ।उनका अनुसार यहाका हरेक नागरिक लगायत जिम्मेवारी तहमा रहका ब्यत्तिले बातावरण संरक्षकको लागी एक जुट हुन अनुरोध गरे ।
त्यस्तै चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले जुम्ला बजारको फोहोर ब्यवस्थापनमा चुनौती देखिएको बताए । नागरपािलकाले अहिले सम्म फोहोर फाल्नका लागी ल्याण्डफिल्ड साइडको ब्यवस्थापन गर्न नसकेको बताए । उनले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन गर्नका लागी नगरपालिका सधैभरी तयार रहेको बताए ।