जुम्ला : जुम्लाको हिमा गाउँपालिकामा रहेको हिमा आधारभुत विद्यालय कोइरेलिमा पढाई मेला भएको छ । विद्यालयमा अध्ययनरत बालबालिकाको लेखाइ, पढाइ र सिकाइ सिपमा वृद्धि गर्ने उद्देश्यले दुइदिने पढाई मेला आयोजना गरिएको हो ।
त्यस्तै बिद्यालयमा रहेका विद्यार्थी, अभिभावक र शिक्षक बीच बाहिरी ज्ञान र विद्याल यस्तरमा भइरहेका सिकाईको एक अर्काका बिचमा आदानप्रदान गर्ने उद्देश्यले पढाई मेला भएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर शाहीले बताए ।उनले भने,’पढाई मेलाले विद्यालय, अभिभावक तथा विद्यार्थीलाई थप ऊर्जा र हौसला थप्ने अपेक्षा छ ।उनका अनुसार बालबालिकालाई पाठ्यपुस्तकको ज्ञानका रूपमा मात्र विकास भइरहेको छ बिद्यालयमा बेलावेला गरिन यस्ता रचनात्मक कार्यक्रमले शिक्षाक्षेत्रमा आर्कषण भएको छ ।
शिक्षाको गुणस्तर अभिवृद्धि गर्नका लागि पढाई मेलाको आयोजना गरिएको हो । हिमा गाउँपालिकामा दुइ बालबिकास केन्द्र एक आवसिय सहित २३ वटा विद्यालय रहेकाको शिक्षाका प्रमुख दन्त्तराज रावतले बताए । उनले भने,पढाई मेलामा १९ वटा विद्यालयले भाग लिएका थिए ।
त्यस्तै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले हिमा गाउँपालिकाबाट नयाँ कामको सुरूवात भएको बताए । उनले भने,’सबै पालिकाले शिक्षा क्षेत्रमा यस्ता खालका लगानी गर्न आबश्यक रहेको छ । उनका अनुसर धेरै जसो पालिकामा सडक ,भवन निमार्ण जस्ता कार्यले प्रथामिकता दिईने गरिएको छ । विद्यार्थीले बनाएर ल्याएका हस्ताकला प्रदशर्न गरिएको थियो।
त्यस्तै प्रमुख जिल्ल अधिकारी जयकुमार घिमिरेले पछिल्लो समयमा बालबालिकाहरुलाई अनुशासित र मर्यादित बनाउन मद्दत गर्ने बताए । उनले भने, गुणस्तरीय शिक्षामा विशेष ध्यानु दिन आबश्यक छ । विद्यार्थीको क्षमता बढाउन तिर ध्यान दिन आग्रह गरे । उनका अनुसार शिक्षा विकासको आधार भएकाले गुणस्तरीयता प्रदान गर्नु शिक्षकको कर्तव्य हो। विद्यार्थीको प्रतिभा पहिचानमा जोड दिन गाउँपालिकाले पढाई मेलाको आयोजना गरिएको हो ।
त्यस्तै हिमागाउँपालिकाका उपाध्यक्ष सर्पुना शाहीले , शिक्षामा हिमा गाउँपालिकाले महत्व दिने निति बनाएको छ । विद्यालय स्तरमा विभिन्न आविष्कार गर्न सक्ने क्षमता भएका बालबालिका रहेकाले विशेष ध्यान दिनु पर्ने छ । उनका अनुसार पढाइ र मनोरञ्जनलाई सँगसँगै अघि बढाउन आबश्यक छ । गाउँपालिकाले आयोजना गरेको पढाई मेलाले विद्यालयको शैक्षिक अवस्था झल्काएको छ ।
त्यस्तै यता कर्णाली प्राविधिक शिक्षालय जुम्लाका प्रमुख टेकेन्द्र थापाले जुम्ला जिल्लामै नयाँ कार्यक्रम हिमाले गरेको बताए । उनले शिक्षामा लगानी उपलब्धी मुलक हुने बताए। उनले भने,’शिक्षक ईमान्दार भएमा गुणस्तरीय शिक्षा बालबालिकाले पाउने बताए । त्यस्तै मेलाको पहिलो दिन भएको हिज्जे प्रतियोगितामा ६ वटा विद्यालयका विद्यार्थी सहभागि भएका थिए । जसमा कालिका मावि बड्कि प्रथम, नेत्र ज्योति मावि ओदि द्वितीय, राहदेव मावि मोफ्ला तृतिय र कालिका मावि तलिकुडि सान्त्वना भएको छ ।
पढाई मेलामा कालिका आधारभुत विद्यालय देयारगाउँले हलो, जुओ, घर, गाईको स्टल राखेका थिए । यस्तै, नेत्र ज्योति प्राविधिक मावि ओदिले कन्या च्याउ, हलो, डोको, दुम्चे, छाप्रि ढिक्कि, बिगारोको स्टल राखेको छ । त्यस्तै उक्त विद्यालयका प्रधानाध्यापक रंगवहादुर रोकायाले पढाई मेलाको आयोजनाले विद्यार्थीको क्षमता प्रर्दशन भएका बताए । स्थानीय स्तरमा निर्माण हुने जातो र स्याकु लगायतका सामाग्री प्रर्दशन गर्न पाउँदा विद्यार्थी खुसी भएको उनको भनाइछ ।