स्थानीय खानाका परिकार प्रवर्धन गर्न संस्कृतिक खाना महाेत्सव


जुम्ला: जुम्लाकाे सिजा गाउँपालिकामा खान महाेत्सव गरिएकाे छ ।स्थानीय खानालाई प्रवर्धन गर्नका लागी  माक्र्सवादी ज्ञान केन्द्र काठमाडौकाे आयाेजनामा  एक दिने संस्कृतिक खाना महाेत्सव गरिएकाे हाे ।सिजाकाे माैलिक पहिचान संग जाेडेर स्थानीय खानाका परिकारलाई जाेडि आय आयआर्जन बढाउने लक्ष्यका साथ सिजामा पहिलाे संस्कृतिक खाना महाेत्सव गरिएकाे हाे ।

त्यस्तै माक्र्सवादी ज्ञान केन्द्रीले सिजाकाे स्थानीय उत्पादनलाई नागरिककाे जनजिविका संग जाेड्न आबश्यक रहेकाे ज्ञान केन्द्रीय बरिष्ट उपाध्यक्ष   विश्वेवर  कट्टेलले बताए । उनले भने, जुम्लाकाे सिजा आफैमा खस सभ्यताकाे खानी हाे । उनकाअनुसार यहाकाे अर्गानिक उत्पादनलाई प्रचार प्रसारकाे लागि याे कार्यक्रम गरिएकाे हाे ।

त्यस्तै माक्र्सवादी ज्ञान केन्द्रका केन्द्रीय सल्लाहकार तथा संस्कृतिक कार्यक्रमका संयाेजक डाक्टर निमानन्द रिजालले जुम्लाकाे उत्पादन मार्सी ,सिमि स्याउ फापर जस्ता पहिचान संग जाेडिएकाे रैथाने वालीलाई मुख्य आम्दानी संग जाेडनु पर्ने बताए । उनका अनुसार संघियताकाे मर्म अनुसार यहाकाे उत्पादनकाे बजारीकरण गर्नु पर्ने बताए । उनले भने,सिजागाउपालिकाकाे परम्परागत रुपमा रहेका रैथाने खानाकाे महत्त्वलाई झलकाईएकाे छ ।

त्यस्तै सिजागाउँपालिकाका उपाध्यक्ष सितलि राेकायाले सिजामा गरिएकाे संस्कृतिक खाना महाेत्सव कार्यक्रम महत्वपूर्ण भएकाे बताईन ।उनले भिनिन, यहाँ सिमि, फापर ,काेदाे, कमैकाे काेल, चिनाे र कागुन्नाेकाे खिर खानाकाे परिकारका लागि माक्र्सवादी ज्ञान केन्द्रकाे राम्रो कार्यक्रम गरेकाे बताईन । उनका अनुसार जुम्लाको सिंजा गाउँपालिकामा सास्कृतिक खाना महोत्सव सम्पन्न भएको छ । सिंजा गाउँपालिकाको व्यवस्थापन तथा माक्र्सवादी ज्ञान केन्द्रको आयोजनामा  सिंजामा सास्कृतिक खाना महोत्व सम्पन्न गरिएको छ ।
स्थानीय खाना सस्कृतिको प्रवर्धन गरि आयआर्जन सँग जोड्न प्रोत्साहन गर्ने, रैथाने खानाको संरक्षण सहितको उद्देश्यले ऐतिहासिक सिंजा सिंजामा कार्यक्रम आयोजना गरिएको छ ।

सिंजा गाउँपालिकाको नराकोटमा सम्पन्न सास्कृतिक खाना महोत्सव कार्यक्रममा सिंजा गाउँपालकाका ६ वटै वडा, नराकोट वजारको भिन्नै गरी ७ वटा स्टलमा  स्थानीय खानाका परिकारहरु सजाईएका थिए ।

पहिलो पटक आफ्ना परम्परागत अर्गानिक खाना बजारमा सजाईएपछि स्थानीय खुशी भएका छन् । उनिहरुले खाना महोत्सवमा अर्गानिक खानाका सजावट मात्रै होईन स्थानीय देउडा, झोडा, चुटकिला प्रदर्शन गरेर खानाको प्रचार गरेका छन् ।
त्यस्तै सिंजा गाउँपालिका २ का अध्यक्ष तिर्थ वडले यस्ता कार्यक्रममा स्थानीय सरकारले पनि प्रथामिकता दिदै आएकाे बताए ।सास्कृतिक महोत्सवमा स्थानीय राजनैतिकदल, अगुवाले आफ्नो धारणा राखेका छन् ।

कार्यक्रममा कोदो फापर, मकै, भट्टमास, चिनु, कागुनु मकैका परिकार, खरायो मासु समेत स्टलमा राखिएका थिए । त्यस्तै सास्कृतिक महोत्सवको सहजिकरण माक्र्सवादी ज्ञानकेन्द्र कर्णालीका अध्यक्ष जयशंकर धितालले गरेका थिए ।
त्यस्तै अर्गानिक खाना सहित सास्कृति महोत्सव गर्न सहयोग गर्ने सहभागी सवैलाई माक्र्सवादी ज्ञान केन्द्रका सचिव हुमनाथ न्यौपानेले धन्यवाद ज्ञापन गरे । उनले सिजाकाे स्थानीय खानाका परिकारले बिश्व बजार सम्म पुग्नु पर्ने बताए ।

सम्बन्धित समाचार