महिलाहरुको नेतृत्व विकासका लागि तिन दिने उद्धघोषण तालिम

जुम्ला  : जुम्लाको तातोपानी गाउपालिकाका महिलालाई तिन दिने उद्धघोषण तालिम दिइएको छ ।तातोपानी गाउँपालिकाको उपाअध्यक्ष संग महिलाको नेतृत्व बिकास कार्यक्रम मार्फत महिलाहरुको नेतृत्व विकास तथा क्षामता अभिबृद्धीका लागी तिन दिने उद्धघोषण तालिम दिइएको हो ।
तातोपानी गाउँपालिका आठै वटा वडाका महिलाहरुको क्षमता विकास गर्नका लागी ५० जना महिलालाई तिन दिने नेतृत्व विकास तथा उद्धघोषण सम्बन्धी तालिम दिइएको उपाध्यक्ष रेवती रावलले बताइन । उनले भनिन,’महिलाहरुको क्षमता विकास गरी समुदायमा महिला हिंसाविरुद्धको अभियान तथा आर्थिक सामाजिक सांस्कृतीक अधिकारका बारेमा सचेतना जगाउने उद्देश्यले यो कार्यक्रम गरिएको हो ।उनका अनुसार विभिन्न महिला समुहका महिलाहरु सहभागी तालिममा लैगिंक विभेद, महिला अधिकार, मानव अधिकार, घरेलु हिंसा, द्वन्द्व व्यवस्थापन लगायतका बिषयमा छलफल गरिएको छ  ।
त्यस्तै तातोपानीगाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले महिलाहरुको सशक्ति करणका लागी समुदायमा स्तरमा यस्ता कार्यक्रम आबश्उक रहेको बताए । उनले महिला हिंसा, बाल विवाह, घरेलु हिंसा ऐन, महिला स्वास्थ्य जस्ता विषयमा नेतृत्व बिकास कार्यक्रमले महत्वयुण हुने बताए ।

त्यस्तै तातोपानीगाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले तालिमले महिलामा सामुहिक नेतृत्वको भावना र महिलाका मुद्दा उठान गर्न सहज हुने बताए । उनले स्थानीयसरकार र महिलाको हकअधिकारका निम्ती जन्मीएका संस्थाले सचेतीकरणमा पनि टेवा पुग्ने छ ।
त्यस्तै तालिमका प्रशिक्षक लक्ष्मी कन्या बुढाले महिला सशक्तिकरण जुम्लाका लागी चुनौती बनेको बताइन । उनले तातोपानीले सुरु गरेको महिलाको नेर्तत्व बिकास कार्यक्रम राम्रो भएको बताइन । उनका अनुसार अहिलेको सरकारले प्रया सडक, बत्ती , भवन जस्ता बिषयलाई पर्थामिकता दिने गरेकाले महिलाहरुका मुद्दा ओझेलमा परेका छन ।
तिन दिने सम्म संञ्चालन गरेको महिलाहरुको नेतृत्व विकास तथा क्षामता अभिबृद्धीका लागी उद्धघोषण तालिम तातोपानीगाउँ पालिकाको आर्थिक सहयोग र महिला विकास अभियान जुम्लाको आयोजनामा गरिएको थियो ।

सम्बन्धित समाचार