नागरिक सहजकर्ता मार्फत सेवा प्रवाह गर्दै जुम्ला प्रहरी


जुम्ला : नेपाल प्रहरीले पछिल्लो समयमा नागरिक सहजकर्तामार्फत सेवा प्रवाह गर्न थालेको छ ।प्रहरीले कर्णाली सुरक्षा अभियान कार्यक्रम अन्र्तगत यस्तो कार्यको थालनी गरिएको हो ।अब प्रहरीका हरेक यूनिटमा नागरिक सहजकर्तामार्फत सेवा प्रवाह गर्ने भएको छ । प्रहरी कार्यालयको मुल ढोकामा एक जना यूनिफममा रहेको सिपाहीले नागरिक सहजकर्ताका रुपमा खटाउने व्यवस्थापन गरेको छ ।

प्रहरी यूनिटमा आउने हरेक सेवाग्राहीलाई केकति कामले आएका हुन् भन्दै सोधपुच गर्ने गर्नको लागी प्रहले यस्तो कार्याक्रम गर्न थालेको पाइएको छ । सेवाग्राहीले भने,अनुसारको कामको प्रक्रृति अनुसार सम्वन्धित व्यक्ति तथा फाँटमा पठाई दिन र सहजीकरण गर्नका लागि नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । ग्रामिण ठाउँका अशिक्षित व्यक्तिहरु सेवाका लागि प्रहरी यूनिटमा आएका हुन्छन् । उनीहरु कस्तो सेवाका लागि कुन ठाउँ जाने के गर्ने भनेर निकै अलमलमा परेका हुन्छन् ।

त्यस्तैअलमलमा पर्ने सेवाग्राहीलाई सहजीकरण गर्नका लागि नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको प्रहरी निरीक्षक यमबहादुर मगरले बताए । उनका अनुसार प्रहरी भित्रै बाट जसको गेटमा डियुटी हुन्छ उसलाइ नै नागरिक सहजकर्ता लेखिएको ब्याज लागाउने गरिएको छ ।
उनले भने,’प्रहरी कार्यालयमा एउटै यूनिफम लगाएको धेरै प्रहरी हुन्छन् । सेवाग्राहीलाई कसलाई सोध्ने के गर्ने भनेर अलमल परेका हुन्छन् प्रहरीको यो कार्यले नागरिकलाई सहज हुने भएको छ ।

त्यस्तै प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीलेका अनुसार सेवा लिन पुग्ने नागरिकलाई सहजीकरण गराउने उद्देश्यले नागरिक सहजकर्ता राख्न सुरु गरिएको हो । उनले भने,’प्रहरीले दिने सेवा सहज, सरल, मर्यादित, समान, निष्पक्ष र पारदर्शी बनाउने अभिप्रायले नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको छ । उनका अनुसार नागरिक सहजकर्ता हरेक प्रहरी कार्यालयको गेटमा नागरिकलाई सेवा दिने गरी बस्ने छन् । न्यायका लागि आउने जो कोही नागरिकलाई दिने हाम्रो सेवा सहज र सरल हुनुपर्छ’ सहजकर्ताका रुपमा खटिने प्रहरीलाई निर्देशित पनि गरेका छौँ ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले सहयोगी भावनासहितको सेवा प्रवाह गर्नुपर्ने बताए । उनले भने यो हाम्रो जिम्मेवारी हो । दुर्गम ठाउँमा अशिक्षा धेरै छ । कहाँ कस्तो सेवा पाइन्छ भनेर बुझेका हुन्दैनन् । उनीहरुलाई बुझाउने गरी सरल सोभाब र भाषाले सहजीकरण गर्नुपर्छ ।जिल्ला प्रहरी कार्यालयसहित जिल्लाभर २२ वटा प्रहरी यूनिट रहेका छन् । २२ वटै प्रहरी यूनिटमा एक जना सहजकर्ता खटाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।