जुम्ला : यार्सा टिप्न पाटन गएर हिम पहिरोमा परि जुम्लाका ३ जना पुरिएर बेपत्ता भएको पाँच दिन सम्म पनि उद्दार भएको छैन । यहि बैशाख २२ गते हिमपहिरोमा परी बेपत्ता भएका हुन । उद्दारको लागी भनेर खोजीकार्यको लागी (तिन दिन पछि) २५ गते पठाइएको थियो । रहेलिकोप्टरबाट गएको २५ गते सिरानचौर भन्ने ठाउमा पुगेको थियो । मान्छेको जिवन जस्तो शंवेदानशिल कुरामा राज्यले ढिला सूस्ती गरेको जुम्लाका स्थानीयले दुखेको गरेका छन ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी मोहोनबहादुर थापाका अनुसार घटना स्थलमा २१ जनाको टोली त्यहाँ पुगेको छ । प्रजिअ थापाका अनुसार मंगलवार त्यहाँ टोली पुगेपनि अत्याधिक हिउ जमेकाले पुरिएका मानिसहरु भेटिएका छैनन् ।
सोमवार विहान हेलिकोप्टर मार्फत गएको टोली सिरानचौरमा उतारिएको थियो । टोली हिडेर एक दिन लगाएर छापाखोलामा बसेको थियो । छापाखोलावाट विहान ६ बजे आज घटनास्थल च्यार्खु लेकमा पुगेर खोजीकार्य गरेपनि हिउँ धेरै भएकाले खोज्न नसकि फिर्ता भएको हो ।
हिम पहिरोमा जोगिएर मुगु जिल्ला प्रहरी कार्यालयको सम्पर्क आएका मध्य कर्ण सार्की सहितलाई लिएर हेलिकोप्टर घटनास्थलमा गएको थियो । अन्य ९ जना घर फर्किएका छन् ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय विपत व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाका अनुसार उद्दार टोलीले खोजीरहेपनि हिम पहिरोमा पुरिएका व्यक्ति पत्ता नलाग्दा सकस भएको छ । घटना स्थलमा हिमपात भईरहेकाले पुन वास वस्न टोली छापाखोला फर्किएको र भोली फेरी घटना स्थलमा जाने भएको छ ।
मुगु र डोल्पाको सिमामा रहेको पाटन च्यार्खु लेखमा पातारासी २ तल्फि गाउँका ४२ बर्षिय तारासिंह सार्की,३८ बर्षिय पुर्ण सिंह सार्की र ३६ बर्षका विर वोहरा हिम पहिरोबाट वेपत्ता भएका छन् ।यति लामो समय सम्म वेपत्ता भएका व्यक्ति पत्ता नलाग्दा आफन्तलाई निराशा बढ्दै आएको छ ।
त्यस्तै पातारासी गाउँपालिका अध्यक्ष पुर्ण सिंह वोहराले अहिले सम्म मानिस पत्ता नलागेकाले आफन्तहरुमा निराशा छाएको बताए ।गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले दुखत घटनाको उद्दारमा लाग्न सबैलाई अनुरोध गरेको बताइन । उनले भनिन, नेपाल सरकारले थप टोली पठायर भएपनि हिम पहिरोमा परेका तिन जनालाई छिटोछरितो उद्दार गर्नु पर्ने बताए ।