जुम्ला– जुम्ला जिल्लाको तिलागाउपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिने भएको छ त्यहाका सम्पूर्ण बालबालिका सबैले खोप पाएपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिने भएको हो ।
जनस्वाथ्य सेवा कार्यालय जुम्लाका अनुसार तिलाका २ सय १७ जना बालवालिकाले पुर्ण खोप लागाएका थिए ।त्यस पछि जिल्लाको टोरी र फरक वडाको स्वास्थ्यकर्मी सहित घरधुरीको सर्वेक्षण गर्दा ८ जना बालबालिकाको खोप छुटेको जनस्वाथ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्णा सावकोटाले बताए । उनले भने, उनीहरुलाई फेरी खोप दिइएकमे छ ।
त्यहाका सबै बालिका पूर्ण खोपको पहुँचमा पुगेका छन् । तिलागाउपालिकाले यहि बैशाख २८ गते पूर्ण खोप सुनिश्चिता घोषणा गरिदिन हुन भनि जिल्लालाई चिठि काटेको छ । जनस्वाथ्यका अनुसार सिजागाउँपालिका यस अघि पूर्ण खोप सुनिश्चितता घोष्णा भएको छ । त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले भने तिलागाउँपालिका बैशाख २८ गते पुर्ण सुनिश्चित घोषणा हुने भएको छ । यसका लागी सोमबार बैठक बसेको हो ।