सत्तागठबन्धन बैठक : प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने निस्कर्ष

काठमाडौं । सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने निस्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्तागठबन्धन दलका नेताहरूको बैठकले उक्त निस्कर्ष निकालेको हो ।
शुक्रबार राष्ट्रियस्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सरकारमा सहभागी नभएपनि रास्वपाले विश्वासको मत दिएको थियो ।

‘सत्ता गठबन्धनको बैठकले भोलिदेखि चल्ने संघीय संसदको बैठक व्यवस्थित रुपमा कसरी अघि बढाउने भन्नेबारेमा कुराकानी भयो,’ बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने।

साथै, अहिले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने कुनै संवैधानि व्यवस्था नभएको पाण्डेले बताए। ‘अहिले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छैन,’ पाण्डेले भने।

गठबन्धनको बैठकमा भोलिबाट चल्ने संसद बैठकमा व्यवस्थित रूपमा प्रस्तुत हुने विषयमा छलफल भएको जनाइएको छ।

सो छलफलबारे भएको विषयवस्तुबारे पनि केहीबेर सत्ता गठबन्धनको बैठकमा पनि कुरा उठेको थियो। पाण्डेका अनुसार आजको बैठकमा सरकारको सिद्धान्त र प्राथमिकताकाबारे छलफल भएको थियो।

‘अब हामीले भोलिकै बैठकमा सरकारको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यक्रम रहेको छ,’ उनले भने, ‘अहिलेको बजेटमा के बारेमा प्राथमिकता दिने भन्नेबारेमा प्रधानमन्त्रीले सत्ता गठबन्धनमा रहेका मुख्य दलका नेताहरूसँग छलफल गर्नुभयो।’

सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको विषयमा पनि छलफल भएको उनले बताए।

त्यस्तै, नक्कली भुटानी शरणार्थीको विषयमा भने आजको बैठकमा कुनै छलफल नभएको उनले बतताए।

छयो सरकारले गृह मन्त्रालयले विषयवस्तु दिएको छ। यो सबैलाई तरगिंत बनाउने विषय भयो। आजको बैठकमा छलफल भएको छैन,’ उनले भने।

सम्बन्धित समाचार