मन्त्रिपरिषद् विस्तार, कांग्रेसका तर्फबाट तीन मन्त्री नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा तीन जना मन्त्री नियुक्त गरी कार्यभार तोकेका हुन् ।

कांग्रेसका धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेत स्वास्थ्य तथा जनसंख्या तथा डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रिहरूले बिहीबार दिउँसो ३ बजे शपथग्रहण गर्ने कार्यतालिका छ । काग्रेसको आन्तरिक कारणले मन्त्रीपरिषद विस्तार हुन सकेको थिएन ।

सम्बन्धित समाचार