प्राविधिक समस्या देखिएको जहाजमा १६९ यात्रु रहेको प्रारम्भिक जानकारी

काठमाडौँ । फ्लाइ दुबईको प्राविधिक समस्या देखिएको जहाजमा १६९ जना यात्रु रहेको पुष्टि भएको छ । त्रिभुवन विमानस्थल स्रोतले जहाजमा १२० विदेशी र ४९ जना नेपाली रहेको जानकारी दियो ।

जहाज दुबईका लागि त्रिभुवन विमानस्थलबाट उड्ने बित्तिकै प्राविधिक समस्या आएको थियो । जहाजमा आगोको झिक्कासहित आकाशमै विस्फोटको आवाज सुनिएको थियो ।

कल साइङ एफ जेड ५७६ नम्बरको उक्त्त जहाज अहिले गन्तव्य तर्फ गएको बताइएको छ ।

सम्बन्धित समाचार