जुम्ला ः जुम्लामा चौथो जुम्ला– रारा अल्ट्रा म्याराथन प्रतियोगिता दुइ सय ५० खेलाडी सहभागी भएका छन । ४९ किलोमिटर दौड १२ महिला सहित ५१ जना, १ किलोमिटर दौडमा ८७ जना र पाँच किलोमिटर दौडमा १०७ जना खेलाडी गरी करिब साढे २ सय खेलाडी प्रतियोगितामा सहभागी भएका हुन ् । चौथो म्याराथन प्रतियोगिताको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरेका छन । रारा ४९ किलो मिटर दौड,पाँच किलो मिटर र एक किलोमिटर दौड प्रतियोगिता भएको छ ।
प्रतियोगिताको उद्धाटन गर्दै कर्णालीका मुख्यमन्त्री शर्माले कर्णालीको आर्थिक सामाजिक तथा पर्यटन विकासका लागि खेल क्षेत्रको प्रर्बद्दन जरुरी रहेको बताए । उनले भने कर्णाली समृद्दिको आधार मध्यको पर्यटन हो । पर्यटनलाई खेल क्षेत्रले प्रबर्दन गर्छ । उनले भने,“कर्णालीको पर्यटन प्रर्बद्दनमा अल्ट्रा म्याराथन कोशेढुंगा सावित हुने छ । कर्णाली सरकार खेल क्षेत्रको प्रर्बद्दन गर्न तयार छ ।“ मुख्यमन्त्री शर्माले विकास र समृद्धिका लागि खेल क्षेत्रको विकास आवश्यक छ ।
उद्धाटनमा जुम्ला पुग्नु भएका राष्टिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जुम्लाले खेलकुदमा गरेको महत्वपुर्ण योगदानको प्रशंसा गरे । जुम्ला रारा म्याराथन लगायत अन्य खेलहरुको प्रर्बद्दनमा टेवा पुग्ने उनको भनाई छ ।परिषदले यसै आवमा जुम्लाको पातारासीमा बन्दै गरेको हाईअलेटिच्युट ट्रेनिङ सेन्टरका लागि बजेट विनियोजन भईसकेको दिए । उनले हरिबहादुर रोकायाले नेपाल र जुम्ला चिनाउनुका साथै आफु मात्रै नभएर थुप्रै खेलाडिहरु जन्माएकोमा गौरव भएको बताए ।
जिल्ला वन डिभिजन कार्यालय जुम्लाका प्रमुख दिनेशजंग खत्रीले ऐतिहासिक जुम्ला र रारा प्रकृतिले सुन्दर रुटमा रारा अल्ट्रा म्याराथुन प्रतियोगिता महत्वपूर्ण भएकाले कार्यक्रममा आउने मुख्यमन्त्री सहित सहित अतिथिलाई धन्यवाद ज्ञापन गरे । हरेक वर्ष कर्णाली स्पोर्ट क्लबले अल्टा रारा म्याराथनको आयोजना गर्दै आएको छ ।