धौलिगाड खानेपानी आयोजना प्रति तातोपानीका नागरिक उत्साहित

जुम्ला :  धौलिगाड खानेपानी आयोजना प्रति तातोपानीका नागरिक उत्साहित भएका छन । जुम्लामा निर्माणधिन राष्ट्यि महत्वको बृहत्त गति लिँदा तातोपानीका नागरिक उत्साहित भएका हुन ।उक्त आयोजनाको २०६६ सालदेखि निर्माण शुरु भएको थियो । बीचमा बजेट अभावसंगै नागरिकको निष्क्रीयताले आयोजना अलपत्र परेको थियो । करिब साढे दुई दशक समय अस्तव्यस्त बनेको आयोजनाले गति लिँदा यहाँका लाभान्वित समुदाय उत्साहित भएका छन ।

धौलिगाड खानेपानी आयोजनाको पछिल्लो प्रगती तथा भविष्यमा आईपर्ने समस्या समधानबारे मंगलबार तातोपानी गाउँपालिका वडा नंं. २ मा पत्रकार महासंघको समन्वय तथा संघिय खानेपानी आयोजनामा अन्तरक्रिया गरिएको छ ।अन्तरक्रियामा सहभागी स्थानीयले धौलिगाड आयोजनाले वर्षौदेखि खानेपानी अभावका समस्या अन्त्य गर्ने आशा व्यक्त गरेका छन ।

त्यस्तै हामीले धौलिगाड आयोजना बारे सुनेका मात्र थियौ । बास्तविकता थाहा थिएन् । तातोपानी २ का स्थानीय मुन बहादुर डाँगीले भने ,“आयोजनाको उदेश्यबारे बुझ्दा खुसी लाग्यो । विगतमा पानीकै लागि हुने सामाजिक द्धन्द्ध पनि अन्त्य हुने भयो । ४ हजार मिटर उचाईबाट घरघरमा पानी आउने कुरा आफैमा गौरबको विषय हो । यसलाई निर्धारित समयमै सम्पन्न नागरिकको भुमिका सकरात्म हुन जरुरी छ ।”
त्यस्तै आयोजनालाई सफल बनाउन सबै नागरिकको सकरात्मक भुमिका आबश्यक रहेको तातोपानी २ का पुर्ववडाध्यक्ष कुष्ण बहादुर बुढाले बताए । उनले भने ,“विकास चाहने तर सहयोग नगर्ने,आफ्नो एक भित्ता जमिन नछा्ड्ने सरकारी लाभ लिन खोज्ने प्रबृत्ति छ । जसले गर्दा विकास बाधक हामी आफै बन्छौ । राष्ट्यि महत्वको आयोजनाले बन्नुनै उत्साहको कुरा हो । छिटो छरितो निर्माण र आयोजनाको दिगोपनामा ध्यान दिन जरुरी छ ।


कार्यक्रममा सहभागी स्थानीय धन बहादुर बुढा,नरी बुढा,मानविरे सार्की र तेजेन्द्र रावल लगायतका स्थानीय बृद्धिजीविले धौलिगाड आयोजना निर्माण हुने कुराले उत्साहित भएको भन्दै आयोजना सफल बनाउन साथ दिने प्रतिबद्धता जनाएका छन् । विकास आयोजना प्रति अपनत्व विकास नभएसम्म संरचना दिगो नहुने भएको नागरिकको साथ सहयोग आबश्यक छ ।

त्यस्तै बृहत धौलिगाड खानेपानी आयोजना दुर्त गतिमा निर्माण भईरहेको छ । कुल १ अर्ब २६ करोड ८ लाख ४९० रुपैया लागतमा निर्माण भईरहेको आयोजनाको पछिल्ला भौतिक प्रगती सन्तोषजन रहेको संघिय खानेपानी तथा ढल निकास आयोजनाका प्रतिनिधि चक्र बहादुर भण्डारी बताउछन ।
उनका अनुसार पहिलो प्याकेजको भौतिक प्रगती ९.७५ प्रतिशत भएको छ । मुहान ईन्टेकदेखि टंयाकी निर्माण निर्माणको काम ५४ करोड ४१ हजार ५५ हजार लागतमा भईरहेको छ । भने दोस्रो प्याकेजको काम लक्ष्य ४ प्रतिशत रहेकोमा १७ प्रतिशत भौतिक प्रगती भएको छ । दोस्रो प्याकेजमा पाईपलाईन देखि धाराको काम ३७ करोड ७० लाख ५ हजारबढी लागतमा भईरहेको आयोजनाका प्रतिनिधि भण्डारीले जानकारी दिए ।
तातोपानीका ६ वटा वडा,चन्दननाथका १० वटा वडा र गुठिचौरका ३ वटा वडा गरी जम्मा १९ वडाका ४४ हजार १ सय ६३ नागरिक आयोजनाबाट लाभान्वित हुने छ । भने ८ हजार ६ सय ९५ वटा धारा निर्माण हुने छन् । जसमा तातोपानीका १ देखि ६ नम्बर वडाका २७ सयबढी घरधुरी आयोजनाले प्रत्यक्ष लाभ लिने छन् ।


संघिय सरकारको लगानीमा दुर्गम हिमाली जिल्लामा राष्ट्यि महत्वको खानेपानी आयोजना बन्नु आफैमा गौरबको विषय भएको तातोपानी २ का वडाध्यक्ष चन्द्रमान बुढाले बताए । उनले भने गाउँमा एकघर एकधारा निर्माण गरेपनि स्रोत नहुँदा खानेपानीको असादै समस्या छ । बढ्दो जनसंख्या,बढ्दो जलवायु परिवर्तन पानीको स्रोत घट्दै जाँदा खानेपानी समस्या चुलिने चिन्ता वडाध्यक्ष बुढाको छ । यदपी, धौलिघाड आयोजनाले खानेपानी क्षेत्रका सबै समस्या अन्त्य गर्ने उनको अपेक्षा छ ।

त्यस्तै पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले राष्ट्यि महत्वको आयोजनाबारे आम लाभान्वित नागरिकले थाहा पाउन र विकासमा हुन सक्ने अबरोध नहोस् भन्नका लागि लक्ष्यले अभियानकै रुपमा धौलिघाड खानेपानी आयोजनाबारे अन्तरक्रिया गरिएको बताए । सुरुवात तातोपानी २ नम्बर वडाबाट भएपनि यो अभियानकै रुपमा तीन पालकामा सचेतीकरण गरिने छ ।

सम्बन्धित समाचार