रवि आज पनि प्रहरी हिरासतमै रहने,भोलि १० बजेबाट पुनः बयान सुरु हुने

चितवन : पत्रकार शालिग्राम पुडासैनीकाे आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा अस्मिता कार्कीको बयान लिएर सकिएको छ । बाँकी रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको भने सोमबार बिहान १० बजेबाट बयान लिन सुरु गरिने चितवन प्रहरीले जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेर आइतबार बयान लिन सुरु गरेको थियो । पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनले १० दिन लगाएर अनुसन्धान सकेर आइतबार बिहान सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

एक नम्बरका न्यायाधीश हेमन्त रावलको इजलासमा बयान सुरु भएको हो ।