भालुलाइ थापेको भरुवा बन्दुक पड्कीदा एकजना घाइते

जुम्ला:जुम्लाको तिला गाउँपालिका – ७ पोख्री गाउँमा भरुवा बन्दुक पड्किँदा एक जना घाइते भएका छन् । मकै बारीमा भालुलाई थापेको भरुवा बन्दुक पडुकिएर सोही वडाका २५ वर्षीय परबहादुर रोकाया घाइते भएका हुन् । रोकायाको दाहिने खुट्टाको घुडामा गोली लागेको प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको उनले बताए । बन्दुक प्रहरी चौकी रारालिहीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।








