पार्टीका सांसदले २ करोड मागेको विषयमा रविले भने ७२ घण्टाभित्र छानबिन गर्न भनेको छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रूपैयाँ मागेको अडियो आइबार सार्वजनिक भएको विषयलाई रास्वपा सभापति रवि लामिछानेले ७२ घण्टामा छानबिन गर्न निर्देशन दिएको छ ।

आफ्ना पार्टीका सांसदले पैसा मागेको अडियो सार्वजनिक भएपछि आफूले ७२ घण्टाभित्र छानबिन गर्न पार्टीमा निर्देशन दिएको सभापति लामिछानेले जानकारी दिएका छन् । आइतबार दिउँसो बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले उक्त कुरा बताएका हुन् ।

त्यो अडियो सार्वजनिक हुनेबित्तिकै मैले पार्टी पङ्क्तिमा निर्देशन दिएको छु ७२ घण्टाभित्र छानबिन गरेर कारबाही अगाडि बढाउनू भनेर ७२ घण्टाको अल्टिमेटम दिएको छु,ु लामिछानेले भने, यो ७२ घण्टाभित्र छानबिन नहुन्जेल संसदको रूपमा वा साधारण सदस्यका रूपमा पनि हाम्रा सांसद डा। ढाकाकुमार श्रेष्ठलाई हामीले काहीँ पनि पठाउने छैनौँ । कुनै कार्य दिनेछैनौँ ।

उनले आफूले दिएको समयमा कारबाही गरेर देखाउने पनि बताए । उनले मेरा वरपरका मान्छेले मागेका रहेछन् भनेको उल्लेख गर्दै ती मान्छेहरूलाई पनि सार्वजनिक गर्ने बताए ।

सम्बन्धित समाचार