कर्णाली सरकारबाट बाहिरियो एमाले

सुर्खेत : कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले आज बाहिरिएको छ। नेकपा माओवादी र एमालेबीचको सहमतिअनुसार गठन भएको सरकारबाट आज नेकपा एमाले बाहिरिएपछि अब नेपाली कांग्रेस सरकारमा सहभागी हुने निश्चित भएको हो।

मुख्यमन्त्री राजकुमार शर्मासामु नेकपा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले आज राजीनामा दिएका हुन्।

सम्बन्धित समाचार