नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको नरहरिनाथ सुनथराली, कोट वाडा घोषणापत्र–२०७९

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको आयोजनामा कालीकोट जिल्लाको ऐतिहासिक कोटबाडास्थित सुनथराली विमानस्थलमा २१ र २२ चैत्र २०७९ मा सम्पन्न साधारण सभा २१ बुँदे कोटवाडा घोषणा–पत्र २०७९ जारी गर्दछ ।

१.श्रमजीवी पत्रकारहरुको छाता संस्था भएर पनि नेपालमा नागरिक समाजको अग्रणी संस्था नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिद्धारा आयोजित यो सधारण सभा संघीयता कार्यान्वयनको चरणमा तीनै तहका सरकारमार्फत बनिरहेको विभिन्न ऐन, नियम कानुनहरुमा गरिएका विभिन्न नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्ने प्रावधानहरुप्रति सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हुने सबैखाले हस्तक्षेपको विरोध गर्दै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न तथा प्रस्तावित विधेयकहरुमा उल्लेख गरिएका कतिपय प्रेस तथा नागरिकका स्वतन्त्रतालाई संकुचन पार्ने प्रावधानहरुलाई सच्याउन माग गर्दछ ।

२. श्रमजीवी पत्रकार ऐन जारी भएको ३० वर्ष बितिसक्दा पनि यसको पूर्ण कार्यान्वयन भएको छैन । ऐन कार्यान्वयनको अवस्था अझै भयावह छ । अहिले पनि मिडियामा न्यूनतम पारिश्रमिक, नियुक्ति पत्र र अन्य सुविधा बिनै झण्डै ९० प्रतिशतभन्दा बढी कर्णालीका पत्रकारहरुले काम गरिरहनु परेको छ । यो साधारण सभा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको जोडदार माग गर्दछ ।
३.संघीयताको अनुभूति गर्न कर्णाली जस्ता मानव विकास सूचाकांकका हिसाबले पछि परेका जिल्लाको पत्रकारिताको विकास गर्न अनुदानमुखी पत्रकारिताको अवधारणाअनुसार राज्यले स्थानीय स्तरका सञ्चार माध्यम र सञ्चारकर्मीको पेशागत दक्षता वृद्धि, उत्थान, विकास तथा संरक्षण सहित व्यवसायिक पत्रकारहरुका लागि आवश्यक सञ्चार उपकरण (क्यामरा, ल्यापटप, ट्रान्समिटर, मिक्स्चर, रेकर्डर आदी) खरिदमा ७० प्रतिशत तथा कागज र सवारी साधन खरिदमा लाग्ने भन्सार छुट गर्दै स्थानीय रेडियो, पत्र पत्रपत्रिका र अनलाइनलाई विज्ञापन बोर्डबाट प्रदान गर्दै आएको लोक कल्याणकारी विज्ञापनलाई बृद्धि गरी सूचना बिभागबाट प्रदान गरिने प्रेस पास, पत्रपत्रिका दर्ता, नवीकरण तथा स्थानान्तरण, रेडियो लाइसेन्स नवीकरण, रोयल्टी बुझाउने कार्य सम्बन्धित जिल्लाबाटै सहजरुपमा उपलब्ध गराउन गर्न यो साधारण सभा जोडदार माग गर्दछ ।

४.कर्णालीबाट राष्टिय स्तरका सरकारी तथा निजीस्तरमा रहेका सञ्चार गृहमा काम गर्ने सञ्चारकर्मीले पाउने गरेकोे पारिश्रमिक अत्यन्तै कम हुनुका साथै कर्णाली जस्ता हिमाली जिल्लाका लागि औपचारिकतामा मात्रै समावेश गर्ने स्ट्रिन्जरले कर्णाली लगायतका दुर्गम क्षेत्रको पत्रकारिताको व्यवसायिक विकास हुन नसक्ने अवस्थालाई मध्यजनर गर्दै स्ट्रिन्जरको सट्टा पूर्णकालीन रिर्पोटरकोरुपमा नियुत्त गरी स्थायित्व तथा उनीहरुले प्राप्त गर्ने पारिश्रमिक वृद्धिका लागि पहल गर्न सम्बद्ध पक्षलाई यो साधारण सभा माग गर्दछ । साथै प्रेस काउन्सिल नेपालले वितरण गर्ने पुरस्कार सम्मान, फेलोसिप पिछडिएका क्षेत्रमा काम गर्ने पत्रकारलाई अनिवार्य रुपमा समेट्न तथा प्रेस काउन्सिललगायतका निकायले प्रदान गर्ने हालको फेलोसिपमा दुर्गमका पत्रकारलाई ५० वृद्धि गर्न यो साधारणसभा माग गर्दछ ।

५. भौगोलिक कठिनाई र यातायातको सहज पहुँचको अभावका कारण कर्णालीको पत्रकारितामा धेरै ठूला चुनौतीहरु छन् । विकट वस्तीहरुमा गई रिपोर्टिङ गर्दा आर्थिक र भौतिक सुरक्षाको चुनौती तथा कठिनाई हुने गरेको छ । तर, सरकारी र निजी क्षेत्रका राष्ट्रिय स्तरका मिडियाले पनि सुगममा गरिने रिपोर्टिङकै सरह प्रति समाचार वापतको पारिश्रमिक प्रदान गर्ने गरेका छन् । यो साधारण सभा कर्णालीको वास्तविकतालाई अध्ययन गरी प्रतिसमाचार वापत दिइने रकम कम्तिमा अन्य क्षेत्रभन्दा ४० प्रतिशत बढी दिन र ३ वर्षभन्दा बढी समय निरन्तर एउटै मिडियामा काम गर्ने पत्रकारलाई स्थायी गर्न माग गर्दछ ।

६.मोफसलका मिडियामा ठूलो व्यवसायिक लगानी हुन सकेको छैन । अधिकांश मिडियाहरु पत्रकारहरु आफैले स्वरोजगारका रुपमा सञ्चालन गर्ने गरेका छन् । जसले गर्दा मोफसलमा मिडिया टिकाउन निकै कठिन छ । मिडिया बलियो हुन सके मात्र सचेत, सुसूचित र जागरुक जनता प्रति जवाफदेही, जिम्मेवार र पारदर्शी सार्वजनिक निकाय हुन सम्भव छ । स्रोत साधनले सम्पन्न भएर पनि व्यवसायिक मिडियाको विकास नहुनुले कर्णाली प्रदेश पछि परेको छ । त्यसैले कर्णालीमा व्यवसायिक मिडियाको विकासका लागि गहिरो अध्ययन, अनुसन्धान गरी यहाँका मिडिया र मिडियाकर्मीलाई विशेष सहुलियत र अनुदानको व्यवस्था गर्न यो साधारण सभा कर्णाली प्रदेश सरकार, नेपाल सरकार, प्रेस काउन्सील नेपाल तथा अन्य सरोकारवाला निकायसँग माग गर्दछ ।

७. थुप्रै कठिनाईहरुसँग जुधेर कर्णालीका नागरिकलाई सुसुचित गर्ने यहाका पत्रपत्रिका, एफएम रेडियो, अनलाइन लगायतका सञ्चारमाध्यमहरु संचालन र दिगोपनको लागि कर्णालीका मिडियालाई विद्युत, इन्टरनेट, टेलिफोनको महशुलमा विशेष छुट दिन सम्बन्धित निकायसँग माग गर्दछ साथै कर्णाली सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा रेडियो स्थापना गर्न भ्याट अगावै हुनुपर्ने बिषय सहित श्रमजीवी र स्वरोजगार सँग जोडिएका सवालमा ऐन संंशोधन गरी केन्द्र सँग नवाझिने गरी अगाडि बढाउन र कर्णालीका केही स्थानीय तहले आफै रेडियो संचालन गरी अन्य संचार माध्यमलाई दिने सेवा सुविधा कटौती गर्ने प्रबृत्ति रहेकाले आफै रेडियो संचालन गर्ने कार्यलाई निरुत्साहित गरी संचालनमा रहेका रेडियो तथा अन्य संचार माध्यामलाई सहयोग गर्न यो साधारणसभा माग गर्दछ ।

८.कर्णालीका सार्वजनिक निकायबाट मात्र प्रतिवर्ष २० करोडभन्दा बढी रकमको विज्ञापन राजधानीबाट सञ्चालित ‘राष्ट्रिय मिडियामा जाने गरेको छ । तर, ती ’राष्ट्रिय मिडियामा कर्णालीका खबरले प्राथमिकता भन्दा मुस्किलले स्थान पाउँने गरेका छन । यस्तो अवस्स्थाको अन्त्य गर्न कर्णालीका सवाललाई प्राथमिकता दिन आवहन गर्दै कर्णालीमा संचालन भइरहेका मिडियामा विज्ञापन दिनैपर्ने कानूनी ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदछ ।

९. दुर्गमका पत्रकारहरु ठूलो प्राकृतिक तथा अन्य जोखिम मोलेर काम गरिरहेका छन् । रिपोर्टिङकै क्रममा तथा कार्यक्षेत्रमा खटिरहेका बेला नै थुप्रै पत्रकारहरुले ज्यान गुमाउनु परेको छ । सञ्चारका साधन पनि क्षति हुने गरेको छ । पत्रकारिता पेशाको विशिष्टतालाई ध्यान दिएर दुर्गमका पत्रकारको स्वास्थ्य र दुर्घटना विमाको व्यवस्था गर्दै द्वन्द्व पीडित पत्रकारहरुको पहिचान स्थापित गरी उनीहरुका परिवारहरुको हेरचाहमा ध्यान दिन, अपांगता भएका र ज्येष्ठ पत्रकारहरुको विशेष सुविधाका लागि सबै निकायलाई यो साधारण सभा माग गर्दछ । साथै कर्णाली प्रदेशमा काम गर्ने पत्रकारहरुको हवाई र यातायात भाडामा ५० प्रतिशत छुट दिने ब्यवस्था गर्न सरकारसँग माग गर्दछौ ।

१०. नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिसहित जिल्ला शाखाहरुको भवन निर्माण अन्य आवश्यक स्रोत साधनहरुसहितको व्यवस्थित स्रोत केन्द्र स्थापना गर्न र संस्थागत विकासका लागि आवश्यक सहयोग गर्न कर्णाली प्रदेश सरकारसँग यो साधारण सभा माग गर्दछ ।

११. पत्रकारितालाई जिम्मेवार र बलियो बनाउन पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न जरुरी छ । उत्तरदायी, जिम्मेवार र सक्षम पत्रकार उत्पादनका लागि कर्णाली प्रदेशमा आमसञ्चार प्रतिष्ठान पत्रकारको भौगोलिक प्र्रतिनिधित्व हुनेगरी स्थापना गर्न, पत्रकारहरुलाई तालिमको व्यवस्था गर्न, निरन्तर लामो समयदेखि पत्रकारितामा लागेका पत्रकारहरुको ज्ञान, सिप र अनुभवलाई बौद्धिक प्रमाणिकरणको योजना विकास गर्न यो साधारण सभा सरकारसँग माग गर्दछ । साथै पत्रकारितालाई मर्यादित र जिम्मेवार बनाउन, आचारसंहिता कार्यान्वयन गर्न र पत्रकारिताका स्थापित मूल्य मान्यतालाई अपनाउन तथा उच्च व्यवसायिक धर्म निर्वाह गर्न सबै पत्रकारहरुलाई आग्रह गर्दछ ।

१२. विभिन्न नियम कानून वनाएर मिडिया संचालन गर्न नै सरकारका अनेक निकाय (प्रेस काउन्सिल, विज्ञापन वोर्ड, सूचना तथा प्रसार विभाग, कम्पनी रजिष्टÇार ( प्रेस रजिष्टÇार) को कार्यालय धाउनुपर्ने वाध्यता हटाई एकीकृत अनलाईन सूचना प्रणालीबाट दर्ता र सुचीकृत गर्ने व्यवस्था गर्ने यो साधारणसभा माग गर्दछ ।

१३. प्रेस काउन्सिल नेपालको संशोधनको तयारीमा रहेको नेपाल मिडिया काउनिस्ल विधेयकमा अधिकारहरुलाई विकेन्द्रीत गरी प्रदेश तहमा संघीयताको मर्मअनुसार कार्यालय स्थापना गरी पत्रकारका लागि आवश्यक सेवा प्रदान गर्न यो साधारणसभा माग गर्दछ ।
१४. कर्णालीमा महिला पत्रकारहरुलाई पत्रकारिता क्षेत्रमा आर्कषित गर्न, पेशामा टिकाई राख्नका लागि उनीहरुको क्षमता विकास, सुरक्षा तथा संरक्षणलाई ध्यान दिन सम्वन्धित संचारमाध्याम, संचार गृह तथा सरोकारवालाको ध्यानाकर्षण गर्न सवै जिल्लामा छोरी बुहारी पत्रकारिता अक्षय कोष स्थापना गरी प्रोत्साहन गर्न आग्रह गर्दछ ।

१५. नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण तथा प्राप्तिको मापदण्डलाई प्रभावकारी वनाउने तथा विधानअनुसार कार्यान्वयन गर्न गराउन प्रतिबद्धता गर्दछौ ।

१६. विगत ३८ बर्षदेखि निर्माण सुरु भएर हालै सम्पन्न भएको कोटवाडा सुनथराली विमानस्थलमा नियमित हवाई उडान गर्न सरकारको गम्भिर ध्यानाकर्षण गर्दै विमानस्थलसम्म पुग्न तत्काल लालीघाटदेिख सुनथरालीसम्म आरसिसि ढलान सहितको पक्की सडक, रामारोशन, वडिमालिका, त्रिवेणीपाटन तथा शान्नि रास्कोट हँुदै पचालझरना, पलाता जोड्ने लिंकरोड निर्माण लगायतका पूर्वाधारहरु निर्माण गर्न माग गर्दछौ । साथै विमानस्थल निर्माणका क्रममा ज्यान गुमाएका श्रमिकहरुको सम्झनामा विमानस्थल क्षेत्रमा स्मारक निर्माण गर्न र विमानस्थल निर्माणमा ज्यान गुमाएका श्रमीकका सन्तानलाई रोजगारीमा प्राथमिकता दिन यो साधारण सभा सम्बद्ध पक्षसँग माग गर्दछ ।

१७. राष्टिय गुरु योगी नरहरिनाथको जन्मस्थल यस गाउँपालिकामा उहाँको व्यक्तित्व, कृतित्व र योगदानलाई चिरस्थायी वनाउन खोज, अनुसन्धान तथा अन्वेषण केन्द्रको स्थापना गरी आवश्यक प्रचार प्रसारका लागि तिनै तहका सरकारको ध्यानाकर्षण गर्दछौ ।

१८. कर्णालीका प्रमुख पर्यटकीय गन्तब्य मुगुको राराताल, हुम्लाको मानसरोवर, डोल्पाको सेफोक्सण्डो, जुम्लाको ऐतिहासिक सिञ्जा क्षेत्र, तातोपानी, चन्दननाथ मन्दिर, कालिकोटको पचालझरना, युद्धपर्यटकीय क्षेत्र पिली, अछामको रामारोशन, वडिमालिका त्रिवेणी पाटन, देउरामालिका, सिप्टी विसाली, मान्मको कोटदरवार, चुलिमालिका, पुगमालिका, रुरुवन्चु, तिलागुफा, महाबुअ लगायतका सबै आन्तरिक र वाह्य पर्यटकलाई लक्षित गरी कालिकोटको सदरमुकाम मान्मदेखि नरहरिनाथ १ कोटवाडास्थित सुनथराली विमानस्थल जोड्ने केवुलकार निर्माणलाई कर्णाली प्रदेशकै गौरवको आयोजनाकोरुपमा विकास गर्न आवश्यक बजेटका लागि कर्णाली प्रदेश सरकार लगायतका सरोकारवाला निकायसग जाडदार माग गर्दछौ ।

१९. विज्ञान, प्रविधि तथा उच्च चेतना विकास भएको आजको युगमा पनि कर्णाली सहित अन्य क्षेत्रमा रहेका छाउपडी, बाल विवाह, जातीय छुवाछुत जस्ता कुप्रथा र कुरीतिहरुको पूर्णतः अन्त्य गर्न सरकारसँग माग गर्दछ ।
२० कणालीकोे आर्थिक समृद्धि र विकासका लागि जीवन रेखाकोरुपमा रहेको कर्णाली राजमार्ग, कर्णाली करिडोर, नाग्म गमगढी सडक दुई लेन गरी कालोपत्रे सहित स्तरोन्नति गर्न, अझै पनि हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट प्रत्यक्षरुपमा सडक संञ्जालसग नजोडिएकोले तत्काल सडक पुर्याउन यो साधारण सभा नेपाल सरकारसँग माग गर्दछ ।

२१. मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार, श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो अधिकार भन्ने नाराका साथ कालीकोटको कोटवाडा सुनथराली विमानस्थलमा आयोजित नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको तेस्रो साधारण सभा सम्पन्न गर्न सहयोग गर्ने नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, प्रेस काउन्सिल नेपाल, कर्णाली प्रदेश सरकार, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरु, राजनैतिक दलका नेतागण, कालिकोट जिल्ला समन्वय समिति, नरहरिनाथ गाउँपालिकासहितका ९ वटै स्थानीय तह, कालीकोट जिल्लाका सम्पूर्ण सरकार तथा गैह् सरकारी निकाय, आतिथ्यता प्रदान गर्ने नेपाल पत्रकार महासंघ कालीकोट शाखा तथा सम्पूर्ण संचार गृह र संचारकर्मी, १० वटै जिल्लाका शाखा अध्यक्षसहित पार्षदसहरुलगायत सबैलाई आभार सहित विशेष धन्यवाद ज्ञापन गर्दछौ ।

सम्बन्धित समाचार