सिम्ता गाउँपालिकाका ५ जना विरुद्ध भ्रष्टचारको मुद्दा दायर

 

सुर्खेत: सुर्खेत स्थित सिम्ता गाउँपालिकाका सिभिल सबइञ्जिनियर शिवशंकर पोख्रेलसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर नविन शर्मा, देउली– सिर्पा’काफलकोट हुँदै जितेजुवा जोड्ने सडक उपभोक्ता समितिका अध्यक्ष भुवानसिंह ठकुरी, कोषाध्यक्ष टिगा वली र सचिव नन्द सिंह ठकुरीविरुद्ध दायर गरेको हाे।

उनीहरुले सडक निर्माणमा बदनियतपूर्वक ट्रयाक ओपनिङ्गमा नभएको कामको परिमाण देखाउने तथा बढी मूल्य पर्ने वस्तुमा बढी परिमाण गरेको देखाई कार्य सम्पन्न प्रतिवेदन तयार गरी पेश गरेको पुष्टि हुन  आएको अख्तियारले जनाएको छ।

गलत प्रतिवेदन पेश ४ लाख ५६ हजार बढी भुक्तानी दिई भ्रष्टाचार गरेका अख्तियारको आरोप पत्रमा उल्लेख छ। उनीहरु विगो बमोजिम असुल उपर गरी भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबी सहित मुद्दा दायर गरिएको छ।

उनीहरुले  सडक निर्माणको लगत इष्टिमेट र सम्झौता बमोजिम ११६० मिटरको नयाँ ट्रयाक खनी खोल्नुपर्ने  नखोली नयाँ ट्रयाक खोलेको भनी झुट्टा नापी किताब एवं कार्य सम्पन्न प्रतिवेदन बनाएका थिए।