जुम्लामा १ सय १३ औ अन्तराष्ट्रिय महिला दिवस (फोटो फिचर)

जुम्ला : जिल्लाभर स्थानीय सरकारले ११३ औ  अन्तराष्टिय महिला दिवश मनाएका छन् । जुम्लको एक नगरपालिका सहित आठ वटा स्थानीयतहहरुले बिभिन्न कार्यक्रममा गरि मनाएका हुन ।
जुम्लाको चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका, तातोपानी गाउँपालिका, तिला गाउँपालिका, हिमा गाउँपालिका, सिंजा र कनकासुन्दरी गाउँपालिकाले विभिन्न कार्यक्रम गरि दिवश मनाएका हुन् ।


जिल्लाको चन्दननाथ नगरपालिकामा बृहत याली सहित टुडिखेल मैदानमा देउडा प्रतियोगिता सहित मञ्च कार्यक्रम गरेर सम्पन्न भएको छ ।
नगरउपप्रमुख रामदेवी खड्काकाको अध्यक्षता, जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यको प्रमुख आथित्यता नगर प्रमुख राजुसिंह कठायत, प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी सहित सुरक्षा निकाय प्रमुखहरु, राष्ट्रिय मानव अधिकार आयोग सहित सरोकारवाला निकायहरुको उपस्थितिमा दिवश भब्य मनाईएको छ ।


चन्दननाथ नगरपालिका महिला शाखाले गठन गरेका ४ वटा सहकारी, ढाणथपाला ढाणथपालाको देउडा गित संरक्षण समुह र पातारासीको देउडा टिम गरी ६ टिमले देउडा प्रतियोगिता प्रस्तुत गरेका थिए । दिवशको अवसरमा सहायक महिला निरीक्षक अम्विका मल्लले कार्यपत्र पढेर सुनाउनु भएको थियो । दिवशको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले अहिले पनि छोरा र छोरी जन्मदा विभेद हुने गरेको भन्दै यस्ता काम हुरोक्नुपर्ने बताउनुभयो । उहाँले हिजो धार्मिक रुपमा बढ्दो विभेद थियो । अव समय वदलिएको छ ।


नगरउपप्रमुख रामदेवी खड्काले विश्वमा महिलाहरु राज्यको प्रमुख पदमा गएकाले महिलाहरु कमजोर छन भन्ने दृष्टिकोण वदल्नुपर्दछ ।
सिंजा गाउँपालिकाले देउडा प्रतियोगिता मार्फत सचेतना कार्यक्रम गरेको छ । सहायक महिला विकास निरीक्षक बसना बुढाका अनुसार गाउँपालिकामा देउडा प्रतियोगिता गरेर दिवश मनाईएको छ । कार्यपालिका सदस्य रुपतेउडा बिष्टको अध्यक्षत तथा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको प्रमुख आथित्यतामा दिवश मनाईएको छ ।


कनकासुन्दरी गाउँपालिका जुम्लाका अनुसार वडा वडामा मनाईएको छ । सहायक महिला निरीक्षक राजिन्द्र महतका अनुसार विभिन्न वडामा देउडा, नाचगान सहित विभिन्न कार्यक्रमगरी मनाईएको छ । उहाँका अनुसार कनकासुन्दरीमा आईएन एफ जुम्ला, पेश नेपाल, क्याड नेपालले पनि दिवश मनाउन साझेदारी गरेका छन् ।

हिमा गाउँपालिका उपाध्यक्ष सुपर्ना शाहीका अनुसार हिमा गाउँपालिकाले वडा वडामा महिला दिवश मनाएको छ । उहाँका अनुसार वडा वडामा महिला दिवश मनाउने निर्णय अनुसार देउडा सहित विभिन्न कार्यक्रम गरि मनाईएको छ ।


पातारासी गाउँपालिकामा उपाध्यक्ष जनमाया रोकायाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष पूर्णसिंह वोहराको प्रमुख आतिथ्यतामा महिला दिवश भब्य मनाईएको छ । कार्यक्रममा राष्ट्रिय अन्तरािष्ट्रय स्तरमा विजेता प्राप्त खेलाडीहरु, गायक तथा विभिन्न क्षेत्रमा सृजनात्मक काम गर्ने सृजनशिल महिलाहरुलाई सम्मान गरिएको छ । सहायक महिला निरीक्षक भगवति गिरीका अनुसार खेलाडी सुनमाया बुढा, विश्वरुपा वुढा, रेजिना भण्डारी राममाया सविता बुढाललाई रु नौ हजार नगद सहित प्रमाणपत्रले सम्मान गरिएको छ ।


उहाँका अनुसार क्षेत्रिय खेलाडी कल्पना बुढा, कमला बुढा, कालिका रावतलाई रु ८ हजार रुपैया नगद सहित सम्मान गरिएको छ । यसैगरी तेक्वान्दो खेलाडी २ जनालाई रु ६ हजारको दरले, पहिलो महिला अटो गायक पञ्चकली बुढालाई समेत नगद सहित सम्मान गरिएको छ ।
तातोपानी गाउँपालिकामा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । गाउँपालिका उपाध्यक्ष रेवति रावलका अनुसार गाउँपालिकामा विभिन्न कार्यक्रम गरि मनाईएको छ । महिलाहरुमा देउडा, सडक नाटक, बक्तित्वकला समेत गरेर कार्यक्रम मनाईएको छ । उहाँका अनुसार दिवशको अवसरमा पालिकामा र्याली समेत गरिएको छ ।तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाका अनुसार तिला गाउँपालिकामा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । उहाले भन्नु भयो बकतित्वकला प्रतियोगिता सडक नाटक , र देउडा कार्यक्रम भएका छन ।

सम्बन्धित समाचार