जनयुद्धकालीन मुद्दा अदालतको नियमित काम होइन : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालबाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने पाउने तर जनयुद्धकालिन मुद्दा अदालतको नियमित काम नभएको बताएका छन् । आइतबार अदालतले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर निहुँ खोजेको आरोप लगाएका थिए । त्यसैको निरन्तरता स्वरुप आज पनि उनले अदालतले जनयुद्धका मुद्दा हेर्ने काम नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा अध्यक्ष भट्टराईले आफनो हिजोका अभिव्यक्तिमा स्पष्टीकरण दिने त्रmममा सो धारणा राखेका हुन् ।

‘सानो स्पष्टीकरणः बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन, मज्जाले पाइन्छ, म आफै प्रम छॅदा थुप्रै मु्द्दा खेपेको छु, अदालतमा हाजिर भएको छु, भट्टराईले भनेका छन्, ‘तर शान्तिसम्झौता अनुसार जनयुद्धकालीन मुद्दा टिआरसीले हेर्ने हो, नियमित अदालतले हैन, प्रम प्रचण्डको हकमा पनि त्यही हो, आवेग हैन विवेकले काम गरौं ।’

गत शुक्रबार सर्वोच्च अदालतले फौजदारी मुद्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा दर्ता गर्न सक्ने आदेश दिए पछि अनेक तर्क बिर्तक भइरहेको बेला माओवादी नेताहरुले हिजो त्यसको प्रतिवाद गरेका थिए । सत्तारुढ ९ दलले जनयुद्धकालीन अर्थात संक्रमणकालिन मुद्दा अघि बढाउन सत्य निरुपण मेलमिलाप आयोगलाई सक्रिय बनाउने निर्णय गरिसकेका छन् ।

सम्बन्धित समाचार